काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरेर शुभ र अशुभ योगहरू बनाउँछन्। ग्रहको सेनापति मङ्गल फाल्गुन २९ गते सोमबार मिथुन राशिमा गोचर गर्नेछ। जसकारण विपरीत राजयोगको निर्माण हुनेछ। यो राजयोग बनेपछि ४ राशिका व्यक्तिहरुको शुभ दिन सुरु हुन सक्छ। यसका साथै आकस्मिक धनलाभको पनि योग बनिरहेको छ। जानौँ, ती भाग्यशाली राशिहरुका बारेमा…
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका व्यक्तिका लागि विपरीत राजयोग बन्नु लाभदायक साबित हुन सक्छ। किनकी मेष राशिको स्वामी मङ्गल तेस्रो भावमा गोचर गर्नेछ। तेस्रो भावमा मङ्गल ग्रहले राम्रो फल दिन्छ। साथै केतुको दृष्टि परिरहेको छ। त्यसैले विपरीत राजयोग बन्नेछ। त्यसैले यस समयमा तपाईलाई आकस्मिक धन प्राप्त हुनेछ। सापटी दिएको पैसा फिर्ता हुनेछ। यस समयावधिमा तपाईको साहस र पराक्रममा वृद्धि हुनेछ। तपाईको स्वास्थ्यमा पनि खतरा छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
विपरित राजयोग बन्दा कर्कट राशिका जातकलाई मनग्यै धन-लाभ हुनेछ। मङ्गल ग्रह तपाईको राशिको १२ औँ भावमा गोचर गर्नेछ। यससँगै केतुको दृष्टि परिरहेको छ। त्यसैले धन-योग बनिरहेको छ। यस समयमा तपाईले लट्टरी जित्न सक्नुहुन्छ। व्यवसायीहरूले यस समयमा राम्रो अर्डर प्राप्त गर्न सक्छन्, जसबाट जबरदस्त धनलाभ हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। साथसाथै हिम्मतमा पनि वृद्धि हुनेछ। व्यापार-व्यवसायमा राम्रो सफलता मिल्नेछ। साथै यस अवधिमा आम्दानीका नयाँ स्रोतहरू सृजना हुन सक्छन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
विपरीत राजयोग बन्ने भएकाले वृश्चिक राशिका व्यक्तिहरुलाई राम्रो धनलाभ र प्रगतिको योग बनेको छ। चोट, दुर्घटनाको पनि योग बनेको छ, जसकारण विशेष सावधानी अपनाउनुपर्नेछ। काम गर्ने व्यक्तिको कार्यस्थलमा प्रशंसा हुनेछ। आत्मविश्वास बढ्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
विपरीत राजयोग बन्दा मकर राशिका व्यक्तिहरुले करियर र कारोबारमा राम्रो सफलता हासिल गर्नेछन्। मङ्गल तपाईको गोचर कुण्डलीमा ११ औँ र चतुर्थ भावको स्वामी हो। रियल स्टेट, प्रोपटीका कारोबारमा आबद्द मानिसहरुले राम्रो लाभ हासिल गर्नेछन्। अर्कोतर्फ यो राजयोग श्रमजीवीहरूका लागि वरदानभन्दा कम हुनेछैन। रोकिएका कामले गति लिनेछ। साथै, यस समयमा अविवाहितहरूले सम्बन्धको प्रस्ताव प्राप्त गर्न सक्छन्।