यस दिन रिलिज हुनेछ अल्लू अर्जुनको ५०० करोडको ‘पुष्पा २’ को धमाकेदार टीजर, सकियो प्रतीक्षा

काठमाडौँ : – साउथ सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ ले निकै धमाल मच्चाएको थियो। अब फिल्मको दोस्रो भागले तहल्का मच्चाउँदैछ, जसलाई मानिसहरुले व्यग्रताको साथ प्रतीक्षा गरिरहेका छन्। हालै टिजरबारे केही नयाँ अपडेट आएको छ।

‘पुष्पा २’ को शूटिङ गत वर्ष अगस्टबाट सुरु भएको हो। अल्लू अर्जुन अहिले हैदराबादमा शूटिङ गरिरहेका छन्। उनी पनि आफ्नो फ्यान्सको लागि कडा मेहनत गरिरहेका छन्। फिल्मको दोस्रो भागलाई लिएर फ्यानहरु निकै उत्साहित छन्। फ्यानहरु फिल्मको टिजरको प्रतिक्षामा छन्। यसैबीच फिल्मको टिजरको बारेमा नयाँ अपडेट आएको छ। अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्म ‘पुष्पा २’ को टिजरको रिलिज मिति सार्वजनिक भएको छ।

भारतीय मिडिया रिपोर्ट्सका अनुसार निर्माताहरु अब फिल्मको टिजर रिलिज गर्ने तयारीमा छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘पुष्पा २’ को टिजर अप्रिल ८ मा रिलिज हुँदैछ। अप्रिल ८ तारिखमा अल्लु अर्जुनको ४१ औँ जन्मदिन पनि पर्ने भएकोले यसै शुभ अवसरमा फिल्मको टिजर सार्वजनिक गर्ने तयारी गरिएको छ।

यद्यपि ‘पुष्पा २’ को टिजरको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भएका छैनन्। ‘पुष्पा २’ को रिलिजको कुरा गर्दा यो फिल्म आगामी वर्ष अर्थात सन् २०२४ मा रिलिज हुनेछ।

प्रकाशित : आइतबार, फागुन २१, २०७९१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाहुबली फेम अभिनेत्री तमन्ना नेपालमा, शेयर गरिन् होली मनाएका तस्बिर