बाहुबली फेम अभिनेत्री तमन्ना नेपालमा, शेयर गरिन् होली मनाएका तस्बिर

काठमाडौँ : – तमन्ना भाटिया एक भारतीय चलचित्र अभिनेत्री हुन्, जो मुख्यतया बलिउड लगायत तमिल, तेलुगु, कन्नड फिल्महरूमा देखिन्छिन्।  तमन्‍ना भाटियाको जन्म सन् १९८९ डिसेम्बर २१ तारिखमा मुम्बईमा भएको थियो। उनको पिताको नाम सन्तोष भाटिया हो, जो एक हिरा व्यापारी हुन्। आमाको नाम रजनी भाटिया हो।

तमन्नाले सन् २००५ मा पन्ध्र वर्षको उमेरमा फिल्म चाँद सा रोशन चेहराबाट आफ्नो करियर सुरु गरेकी थिइन् तर यो फिल्म बक्स अफिसमा निकै फ्लप साबित भयो। सोही वर्ष उनले आफ्नो तेलुगु सिनेमा करियरको सुरुवात फिल्म श्रीबाट गरिन्। तर यो फिल्मले पनि खासै प्रगति गर्न सकेन्। यद्यपि चलचित्र समिक्षकहरुले तमन्नाको अभिनयको खुलेर प्रशंसा गरे।

जसरी तमन्नाको साउथ करियर हिट भयो, त्यसैगरी बलिउडमा उनको करियरको ग्राफ अहिले सम्म निकै तल छ। उनले अहिलेसम्म बलिउडका धेरै ठूला स्टारसँग काम गरिसकेका छन् तर उनको कुनै पनि फिल्म ब्लकबस्टर हिट हुन सकेनन्। बाहुबली, बाहुबली २, इन्टरटेनमेन्ट, हिम्मतवाला आदि तमन्नाका उत्कृष्ट चलचित्र हुन्।

अहिले बलिउड अभिनेत्री तमन्ना नेपालमा रहेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले होली मनाउँदै गरेको तस्बिर पोस्ट गर्दै होलीको शुभकामना दिएकी छिन्। यद्यपि उनी नेपालमा फिल्म शूटिङको लागि आएकी हुन् या होली मनाउन मात्र आएकी हुन् यसबारे आधिकारिक जानकारी आएको छैन।

प्रकाशित : बुधबार, फागुन २४, २०७९११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडबाट अचानक गायब भए यी ७ एक्ट्रेस, पहिले लाग्थ्यो फिल्मको लाइन, अहिले गुमनामीमा बिताईरहेकाछन् जीवन