बलिउड अभिनेता रणबीर कपूरलाई आफ्नै छोरीले नचिन्ने डर, गरे यस्तो खुलासा!

एजेन्सी- अहिले सामाजिक सञ्जालमा रणबीर कपूरलाई सोधिएको एक प्रश्नमा अभिनेताले दिएको जवाफ सामाजिक सञ्जालमा भाइरल भएको छ ।  जब ‘इन्डियन आइडल १३’ का एक प्रतियोगीले रणबीर कपूरलाई उनको दाह्रीले आफ्नो नवजात बच्चालाई घोच्दैन भनेर सोधे, रणवीरले हास्यास्पद जवाफ दिए।

अभिनेताले भने, ‘मैले यो फिल्मका लागि दाह्री बढाएको हुँ । छोरी राहा जन्मेदेखि नै उनले मलाई यो लुक्समा मात्र देखेकी छिन्।’ रणबीरले थप भनेका छन्, ‘मलाई मेरो दाह्रीले छोरीलाई घोच्ला भन्ने डर छैन, तर मलाई डर लागेको छ कि मैले दारी हाटपछि उसले मलाई चिन्न नसक्ने हुन् की भने डर भएको बताए।

शो को क्रममा रणवीर कपुरले आफ्नो गीत ‘बलम पिचकारी’ को बारेमा एउटा रोचक घटनाको बारेमा पनि सुनाए। उनले भने, ‘फिल्मको छायाङ्कनका ती दिनहरूमा फर्किएँ । त्यस समयमा हामीले आठ दिनसम्म गीत छायाङ्कन गर्‍यौँ। त्यहाँ धेरै घाम थियो, धेरै नर्तकहरू पनि थिए। धेरै गाह्रो थियो तर राम्रो गीत पाउँदा भित्रैबाट ऊर्जा मिल्छ र गर्न मन लाग्छ ।

उनले थप भने, ‘गीतको सुटिङको बिचमा ती ८ दिनमा आदित्य रोय कपुर, कल्की, दीपिका र मैले धेरै रमाइलो गरेका थिए। कसैले थाहा नपरोस् भनेर गुपचुप भांग पिउँथ्यौँ । मसँग यो गीतको मनमोहक सम्झनाहरू छन् र यो अद्भुत प्रस्तुतिले मलाई ती सम्झनाहरू पुन: ताजा गर्ने मौका दियो।’

प्रकाशित : आइतबार, फागुन २१, २०७९१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस दिन रिलिज हुनेछ अल्लू अर्जुनको ५०० करोडको ‘पुष्पा २’ को धमाकेदार टीजर, सकियो प्रतीक्षा