आज आइतबार आइतबार भुलेर पनि नगर्नुहोस् यी ५ काम, घरबाट जान्छ सुख-समृद्धि !

सनातन धर्ममा प्रत्येक दिन कुनै न कुनै भगवानको नममा समर्पित हुने गर्दछ। त्यसै गरी आइतबारलाई ग्रहहरूका राजा सूर्य देवताको नममा समर्पित मानिन्छ। सूर्यदेवको कृपा प्राप्त व्यक्ति सधैँ स्वस्थ रहनुका साथै जीवनमा सुख, धन र यश प्राप्त हुने जनविश्वास रहेको छ। सूर्य भगवानको आशीर्वादले व्यक्तिको जीवनमा धेरै प्रगति हुन्छ। ज्योतिष शास्त्रमा भनिएको छ कि मानिसहरूले आइतबार केही यस्ता काम गर्नु हुँदैन। जसको कारण परिवारमा संकट सुरु हुन्छ र घरमा गरिबी आउन थाल्छ।

मासु नखानुहोस्

आइतबारको दिन मासु र मदिराको सेवन गर्नुहुँदैन भनेर ज्योतिषशास्त्रमा भनिएको छ। यसका साथै शनि भगवानसँग सम्बन्धित चीजहरू खानु हुँदैन। यसो नगरे सूर्य र शनि दुवैको क्रोधित हुनेछन्।

आइतबार पश्चिम दिशामा यात्रा गर्न निषेध गरिएको छ। भनिन्छ कि यस दिन यो दिशामा शूल रहन्छ, जसका कारण यस दिशामा यात्रा गर्ने व्यक्तिलाई अशुभको सम्भावना रहन्छ। यात्रा नगरी नहुने भएमा घिउ वा दही खाएर निस्कनुपर्छ।

यी रङका लुगाहरू नलगाउनुहोस्

आइतबारको दिन कालो, नीलो वा खैरो रंगको कपडा लगाउनुहुँदैन भन्ने मान्यता छ। यी रङका कपडा लगाउनाले नकारात्मक चिजमा आकर्षित हुन्छ, जसका कारण घरमा रोग र गरिबी प्रवेश गर्छ।

ज्योतिष शास्त्रमा सूर्य देवतासँग सम्बन्धित कुनै पनि वस्तु आइतबारको दिन बेच्नु हुँदैन भनिएको छ। यसो गर्नाले कुण्डलीमा सूर्य देवको स्थिति कमजोर हुन्छ र जीवनमा अशुभको प्रवेश हुन्छ। यसका साथै आइतबारको दिन तामासँग सम्बन्धित चीजहरू बेच्नु हुँदैन।

सूर्यास्त अघि भोजन गर्नुहोस्

आइतबारको दिन सूर्यास्त हुनुअघि नै खाना खानुपर्ने धार्मिक विद्वानहरूको भनाइ छ। यसका साथै यस दिन नुन नखाने।

प्रकाशित : आइतबार, फागुन २१, २०७९१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि होलीको दिन खुल्नेछ यी ४ राशिको भाग्य, हुनेछ अथाह धन लाभ !