भोलि होलीको दिन खुल्नेछ यी ४ राशिको भाग्य, हुनेछ अथाह धन लाभ !

रङ्ग र उत्साहकोक पर्व होली यो वर्ष फाल्गुन २२ गते र फाल्गुन २३ गते मनाइँदैछ। फागु पूर्णिमाको पौराणिक महत्व त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मा*र्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्त;_*न चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।

यो वर्ष होली पर्व धेरै राशिका लागि अत्यन्तै भाग्यशाली साबित हुनेछ किनकी फाल्गुन पूर्णिमाको अघिल्लो दिन फाल्गुन २२ गते शनि ग्रह कुम्भ राशिमा उदय हुनेछ। शनि माघ १७ गते मङ्गलबार कुम्भ राशिमा अस्ताएको थियो। शनिको उदयले होलीमा कुन-कुन राशिलाई नोकरी, धन र व्यापारमा फाईदा हुनेछ त।

होलीमा कुन-कुन राशिको चम्किनेछ भाग्य : –

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

होलीमा शनिदेव कुम्भ राशिमा उदाउँदैछ। यस्तो अवस्थामा धनको मामिलामा तपाईलाई बम्पर लाभ मिल्नेछ। लगानीको लागि पनि यो समय अनुकूल छ, योजनाहरूमा लगानी गर्दा दीर्घकालीन आर्थिक लाभ मिल्नेछ। यसले तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। आयको श्रोत बढ्नेछ। खर्चमा लगाम लगाउनुपर्नेछ। कामको सन्दर्भमा कसैलाई पूर्ण रूपमा विश्वास नगर्नुहोस्। परिवार र साथीभाइको सहयोगले आत्मविश्वास बढ्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका लागि होलीको पर्व अत्यन्तै लाभदायी हुनेछ। कार्यालयमा तपाईको मेहनत र कामको प्रशंसा हुनेछ, वरिष्ठ अधिकारीहरुको भरपूर साथ मिल्नेछ। शनिको उदयले तपाईले नोकरी र व्यापारमा उल्लेखनीय प्रगति गर्ने प्रबल योग बनिरहेको छ। घरमा सुख-समृद्धिको आगमन हुनेछ। लामो समयदेखि जागिरको खोजीमा रहेकाहरूलाई छिट्टै सफलता मिल्नेछ। दिनहुँ शनिदेवको पूजा गर्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

उदयवान शनिले होलीमा तपाईलाई धेरै लाभ दिनेछ। लामो समयदेखि रोकिएका काम शनिदेवको कृपाले पूरा हुनेछन्। प्रगतिको बाटोमा आउने बाधाहरू नष्ट हुनेछन्। लक्ष्य प्राप्तिमा विरोधी तगारो बन्न आउनेछन् तर तपाईले अवश्य सफलता हासिल गर्नुहुनेछ। शत्रुको चाल असफल हुनेछ। कार्यालयमा नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। रोजगारी भएकाले नयाँ रोजगारीको अवसर मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

धनको मामिलामा सिंह राशि हुनेहरुको भाग्य खुल्नेछ। तलबमा बम्पर वृद्धि हुन सक्छ। विभिन्न स्थानबाट धन आर्जन हुनेछ। ऋण दिएको धन फिर्ता हुनेछ। कार्यस्थलमा प्रशंसा मिल्नेछ। उच्च अधिकारीसँगको सम्बन्ध राम्रो रहनेछ। धन बचतमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्धमा सुधार आउनेछ।

प्रकाशित : आइतबार, फागुन २१, २०७९१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको शुभ राशि: यी ५ राशिले उठाउनेछन् अनेक लाभ, खुल्नेछ प्रगतिको बाटो !