शुक्रबारको उपाय: मात्र आज गर्नुहोस् यस्ता उपाय, माता लक्ष्मीको हुनेछ असीम कृपा!

जीवनमा धन तथा सुख सुविधाले सम्पन्न हुने सबैको रहर हुन्छ। त्यसैले मानिसहरू धनी बन्नको लागि कडा परिश्रम गर्छन्। हिन्दू धर्ममा माता लक्ष्मीलाई धनकी देवी मानिन्छ। शुक्रबार माता लक्ष्मीलाई समर्पित छ। यस्तो अवस्थामा देवी लक्ष्मीलाई प्रसन्न गर्न र अपार धन प्राप्त गर्न शुक्रबार विशेष दिन हो। यदि शुक्रबारको दिन यो उपाय गर्नु भयो भने घरमा माता लक्ष्मीको वास हुनेछ र आर्थिक संकटको सामना गर्नु पर्दैन।

श्रीसूक्त पाठ : लक्ष्मीलाई प्रसन्न गर्न र अपार धन प्राप्त गर्न शुक्रबार श्रीसूक्तको पाठ गर्नुहोस्। यदि सम्भव छ भने, शुक्रबार माता लक्ष्मी तथा माता सन्तोषीको नममा व्रत बस्नुहोस्। यस दिन बिहान नुहाएर सेतो लुगा लगाउनुपर्छ। यसो गर्नाले माता लक्ष्मी चाँडै प्रसन्न हुन्छिन्।

माता लक्ष्मीलाई कमलको फूल र कौडा चढाउनुहोस्: लक्ष्मीलाई प्रसन्न पार्न शुक्रबार साँझ देवी लक्ष्मीको पूजा गर्नुहोस्। पूजामा कमलको फूल, कौडा चढाउनुहोस्। मन्दिरमा गएर पनि यी चीजहरू चढाउनुहोस्। यसो गर्नाले सबै आर्थिक समस्याहरु हट्छन्।

मिश्री र खीर चढाउनुः शुक्रबारको दिन लक्ष्मीलाई प्रसन्न गर्ने उत्तम उपाय माता लक्ष्मीको पूजामा  पूजामा मिश्री र खीर चढाउनु हो। यसका साथै  कमलको फूलको मालाले देवी लक्ष्मीको मन्त्र जप गर्नुहोस्। यसो गर्नाले जीवनमा चाँडै पैसा आउँछ।

माता लक्ष्मीको वास त्यही घरमा हुन्छ जहाँ केही कुराको विशेष पालना गरिन्छ। यसका लागि घरको मन्दिर उत्तर-पूर्व कुनामा हुनुपर्छ। यसका साथै पूर्व दिशामा बसेर लक्ष्मीको पूजा गर्नुहोस्। मन्दिरको छेउमा भान्छा वा शौचालय हुनुहुँदैन। यसका साथै मन्दिरमा सधैँ सरसफाइ राख्नुपर्छ। यसको साथै पुरै घरमा सरसफाइ राख्नुहोस्। यस्तो घरमा माता लक्ष्मीको बास हुन्छ, जहाँ सरसफाइ हुन्छ र मानिसहरू मिलेर बस्छन्।

प्रकाशित : शुक्रबार, फागुन १९, २०७९१०:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रबार पर्समा राख्नुहोस् यस्ता चिज, जीवन भर हुनेछ माता लक्ष्मीको कृपा!