प्रत्येक व्यक्ति आफूमा माता लक्ष्मीको कृपा होस् भन्ने चाहन्छ। भनिन्छ, जसलाई देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ, उनीहरूलाई जीवनमा कुनै प्रकारको समस्या आउँदैन। सबै प्रकारका सुख-सुविधा र भौतिक सुखहरू प्राप्त हुन्छन्। घरमा धन-सम्पत्तिको कमी हुँदैन। वास्तुशास्त्र अनुसार यदि तपाई धनको कमीले हैरान हुनुहुन्छ भने शुक्रबारको दिन लक्ष्मीलाई प्रसन्न पार्न केही उपायहरू बताइएको छ। ज्योतिष शास्त्रका अनुसार पर्समा केही वस्तु राख्नु शुभ मानिन्छ। जान्नुहोस् ?
सानो सुकुमेल
वास्तुविज्ञहरु भन्छन् कि यदि तपाई पनि लामो समयदेखि धनको कमीको कारण संघर्ष गरिरहनु भएको छ भने शुक्रबार गरेको यो उपायले तपाईको भाग्य उज्ज्वल बनाउन सक्छ। शुक्रबारको दिन माता लक्ष्मीको पूजामा पाँचवटा साना सुकुमेल चढाउनुहोस्। यसपछि यी सुकुमेललाई रातो रंगको कपडामा बाँधेर आफ्नो पर्समा राख्नुहोस्। यसो गर्दा पर्समा लक्ष्मीको आशीर्वाद रहने जनविश्वास छ।
चामलको दाना
ज्योतिषमा चामलको दाना शुभ मानिन्छ। कुनै पनि पूजामा चामल मात्र प्रयोग गरिन्छ। यदि माता लक्ष्मीको आशीर्वाद सधैं आफूमा रहिरहोस् भन्ने चाहनुहुन्छ भने माता लक्ष्मीको चरणमा नटुटेको सग्लो अक्षता चढाउनुहोस्। यसपछि यो अक्षतालाई आफ्नो पर्समा राख्नुहोस्। यसो गर्दा वर्षभर आशीर्वाद रहनेछ र अनावश्यक खर्चबाट मुक्ति मिल्नेछ।
पिपलको पात
हिन्दू धर्ममा पीपललाई पूजायोग्य मानिन्छ। ज्योतिषशास्त्रका अनुसार शुभ समयमा पिपलको पात राखेर पर्समा राख्नाले लक्ष्मीको कृपा प्राप्त हुन्छ। यो उपाय गर्नाले व्यक्तिको आर्थिक समस्याबाट मुक्ति मिल्छ।
रातो कागज
ज्योतिष शास्त्रका अनुसार भनिन्छ कि शुक्रबार रातो रंगको कागजमा आफ्नो इच्छा लेखेर रेशमको धागोले बाँधेर पर्समा राख्नुहोस्। यस उपायले एक वर्षमा तपाईको धनसँग सम्बन्धित मनोकामना पूरा हुने जनविश्वास छ।
