एजेन्सी- बलिउड क्षेत्रमा ‘दिलबर गर्ल’ को उपनामले चर्चित अभिनेत्री नोरा फतेहीलाई अहिलेको समयमा कुनै परिचयको आवश्यकता छैन । उनी प्रायः कुनै न कुनै कारणले चर्चामा आउने गर्छिन्। हालै नोराले ‘द कपिल शर्मा शो’ मा एक खुलासा गरेकी थिइन्। जसले सबैलाई अचम्मित बनाएको थियो।
उनले एक पटक आफ्ना सह–अभिनेताले आफूसँग दुर्व्यवहार गरेको बताइन। जसका कारण दुबैबिच निकै झगडा भएको थियो। नोराले पनि आफ्नो सहकालकारलाई थप्पड हानेकी थिइन्। यसपछि अभिनेताले पनि नोराको कपाल समातेर तानेका थिए र दुबैबिच झगडा भएको थियो।
नोराले आफ्नो सहकालकारलाई थप्पड हानेकी थिइन्
सन् २०२२ नोभेम्बर महिना जब नोरा फतेही कपिल शर्मा शो मा उपस्थित भएकी थिइन्, त्यस समयमा उनले आफूसँग भएको एउटा घटनाको बारेमा बताइन्। नोराले भनिन्, ‘हामी बंगलादेशको जङ्गलमा एउटा फिल्मको सुटिङ गरिरहेका थियौँ, जब मेरा सह–कलाकारले मसँग दुर्व्यवहार गर्न थाले । त्यसपछि मैले सह–अभिनेतालाई थप्पड हानेँ। अनि उसले मलाई थप्पड हाने। यसपछि मैले पनि फेरि थप्पड हानेँ। उसले मेरो कपाल समातेर तान्यो र हामी बिच धेरै नराम्रो झगडा भयो। त्यस समयमा अभिनेत्रीले आफ्नो झगडा भएको सह-अभिनेताको नाम खुलासा गरिनन्।
अभिनेत्री नोरा फतेही जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ को आइट:मसंग ‘दिलबर दिलबर’ बाट छुट्टै पहिचान मिलेको थियो। त्यसपछि उनी सलमान खानसँग फिल्म ‘भारत’ मा देखिइन् । योसँगै नोराले जोनको फिल्म ‘बाटला हाउस’ मा ‘साकी साकी’ मा देखाएकी थिइन्। वर्क:-फ्रन्टको कुरा गर्दा नोरा पछिल्लो पटक मलाइका अरोराको रियालिटी शो ‘मु:भिङ इन वि:थ मलाइका’ को एक एपिसोडमा देखिएकी थिइन्।