आगामी शुक्रबार बन्दैछन् यस्ता ३ महा शुभ योग, भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती !

धार्मिक मान्यता अनुसार रूख र बोटबिरुवालाई पनि अति पवित्र र पूजायोग्य मानिन्छ। कुनै व्रत र चाडपर्वको रुख र बोटबिरुवासँग गहिरो सम्बन्ध हुन्छ। आमलाकी एकादशी वा अमला एकादशी व्रत पनि यिनै मध्ये एक हो। यस वर्ष आमलकी एकादशी व्रत फागुन १९ गते शुक्रबार मनाइँदै छ। फागुन महिनाको शुक्ल पक्षको एकादशीको दिन अमलकी एकादशी व्रत गरिन्छ। यस दिन भगवान विष्णु र अमलाको रुखको पूजा गरिन्छ।

भगवान विष्णुको कृपाले स्वर्गमा स्थान मिल्ने मान्यता छ। आमलाकी एकादशी वा अमला एकादशीको दिन भगवान विष्णुको आशीर्वाद प्राप्त गर्न विशेष मानिन्छ। र यस पटक आमलाकी एकादशी वा अमला एकादशीमा ३ वटा शुभ योग बनिरहेका छन्। आमलकी एकादशीमा ३ वटा शुभ योग बनेको छ – सर्वार्थ सिद्धि योग, सौभाग्य योग र शोभन योग । यीमध्ये सर्वार्थ सिद्धि योगले विशेष फल मिल्नेछ।

सर्वार्थ सिद्धि योग फागुन १९ गते आमलाकी एकादशी व्रतको दिन बिहान ६ः४५ बजेदेखि सुरु भई दिउँसो ३ः४३ बजेसम्म रहनेछ। अर्कोतर्फ सौभाग्य योग फागुन १९ गते सूर्योदयदेखि साँझ ६ः४५ बजेसम्म रहनेछ। त्यसपछि तेस्रो शुभ योग शोभन योग सुरु हुनेछ।

आमलाकी एकादशीको व्रत बस्दै हुनुहुन्छ भने यस दिन अमलाको रुख र यसको फलको विशेष महत्त्व रहेको छ । आमलाको रुख र अमला बिना अमला एकादशीको पूजा र व्रत पूर्ण हुँदैन। त्यसैले अमलाको रूखको पूजा गर्नुहोस्। यसका साथै भगवान विष्णुलाई अमला अर्पण गर्नुहोस् र प्रसादमा अमला पनि खानुहोस्।

प्रकाशित : सोमबार, फागुन १५, २०७९११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: यस्ता कुराले हुन्छ जीवन स्वर्ग समान, के हुन् त ती चीज ?