साताको शुभ राशि: यस साता ५ राशिको दिन हुनेछ अत्यन्तै शुभ, जान्नुहोस् कुन-कुन राशि ?

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताका शुक्रबारबाहेकका दिन राम्रा खालका छन्। सामान्य खालको आम्दानी भई नै रहला । सन्तानको शिक्षाका लागि नै बढी खर्च गर्नुपर्नेछ । व्यावसायिक कामबाट सोचेभन्दा कम मात्र आय आर्जन होला । गणेशको दर्शन गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सातामा नेतृत्व शक्ति कम भए पनि बौद्धिक शक्ति प्रचुर मात्रामा छ। यसैले तपाईंलाई सहयोग दिनेछ। पढाइमा प्रगति नै होला। परिवारबाट पाइने सहयोगमा कमी छैन। व्यापारी वर्गका लागि पनि समय राम्रो छ। बिहीबार भने बढी खर्च होला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साता राम्रो खालको छ। यात्रा भए पनि फाइदा नै हुनेछ। स्वास्थ्यका बारेमा पनि सतर्क हुनुहोस्। आफ्नो एवं परिवारको स्वास्थ्यले खर्च गराइरहला। जागिरमा राम्रो भए पनि पढाइमा कमी छ। निश्चय गर्न सक्ने शक्तिको न्यूनता देखा पर्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सातामा खर्च त घट्ने छैन तर गरेका काम बन्नाले मन प्रसन्न होला। स्वास्थ्यको स्थिति पहिलेको भन्दा सप्रिएको छ। बौद्धिक क्षेत्रमा समेत तपाईंको मान प्रतिष्ठा बढ्ला। व्यापारी वर्गका लागि राम्रो समय छ। पीपलमा जल भने नित्य चढाइरहनुहोस्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साताका बुधबार र बिहीबार स्वास्थ्यका लागि हानिकारक छ । बाँकी दिनमा निकै काम गरिएला । पढाइमा प्रगति हुनेछ । जागिरबाट ठूलो आस नगर्नुहोस् । मित्र एवं परिवारको सहयोगले मात्र काम गर्न सकिनेछ । महाँकालको आराधनाले सामुन्ने आएका समस्यालाई टार्न सकिनेछ ।

प्रकाशित : आइतबार, फागुन १४, २०७९१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी शुक्रबार बन्दैछन् यस्ता ३ महा शुभ योग, भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती !