शनि देव शतभिषा नक्षत्रमा प्रवेश गर्दै, ३ राशिलाई मिल्नेछ उच्च धनलाभको योग !

ग्रहचक्रमा ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरिरहन्छ। ज्योतिषशास्त्रका अनुसार जब कुनै ग्रहले राशि परिवर्तन गर्दछ त्यसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। १४ मार्चमा कर्म र न्यायका कारक ग्रह शनिदेव शतभिषा नक्षत्रमा प्रवेश गर्न लागेका छन्। जसमा राहुदेवको प्रभुत्व छ। त्यस्तै ज्योतिष शास्त्रका अनुसार राहु र शनिदेवबिच मित्रताको भाव रहेको छ। त्यसैले यो परिवर्तनको प्रभाव सबै राशिमा पक्कै देखिनेछ। तर शनिको नक्षत्र परिवर्तनका कारण ३ राशिलाई शुभ प्रभाव पर्नेछ। जान्नुहोस् यी कुन-कुन राशि हुन्?

वृष राशि

शतभिषा नक्षत्रमा शनिदेवको प्रवेश वृष राशिको लागि वरदान समान हुनेछ। किनकि शनिदेवले शश र केन्द्र त्रिकोण राजयोग बनाएका छन्। यस समयमा जागिर पेसा गर्नेहरूले पदोन्नति र वृद्धि प्राप्त गर्न सक्छन्। यसका साथै बेरोजगारहरूले नयाँ काम पाउन सक्छन्। अर्कोतर्फ राजनीति, इन्जिनियरिङ, चिकित्सा क्षेत्रसँग जोडिएकाहरूका लागि यो समय राम्रो साबित हुनसक्छ। साझेदारी कार्यमा लाभ मिल्न सक्छ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ।

सिंह राशि

शनिदेवको नक्षत्र परिवर्तन सिंह राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। यो समयमा ऋणबाट मुक्त हुनु हुन्छ। साथै यस समयमा स्थानान्तरण गर्नुपर्ने हुन सक्छ। साथै साझेदारी कार्यमा लाभ मिल्न सक्छ। साथै व्यवसायीले राम्रो नाफा कमाउन सक्नेछन्। यससँगै बेरोजगारहरूले रोजगारी पाउनेछन् र रोजगारीमा रहेकाहरूले राम्रो रोजगारीको अवसर पाउनेछन्। आमाको स्वास्थ्यमा सुधार आउनेछ, साथै आत्मविश्वास बढ्नेछ।

मकर राशि

शतभिषा नक्षत्रमा शनिदेवको प्रवेश मकर राशिको लागि सुखद र लाभदायक साबित हुन सक्छ। यसका साथ-साथै शनिदेव यस राशिको लग्न घरको स्वामी हुन्। त्यसैले यस समयमा जीवनसाथीसँगको सम्बन्ध राम्रो हुनेछ। पुरानो प्रेम जीवन राम्रो रहनेछ। अर्थात् बिचमा प्रेम विवाह भएको परिवारका सदस्यले स्वीकार गर्न सक्छन्। आकस्मिक धन लाभ हुनेछ। नोकरीमा पदोन्नति र वृद्धि हुनसक्छ। साथै यस समयमा इज्जत र प्रतिष्ठा बढ्नेछ। अदालत– अदालती मुद्दामा सफलता मिल्नेछ। दाजुभाइसँगको सम्बन्ध राम्रो रहनेछ।

प्रकाशित : आइतबार, फागुन १४, २०७९१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको शुभ राशि: यस साता ५ राशिको दिन हुनेछ अत्यन्तै शुभ, जान्नुहोस् कुन-कुन राशि ?