साताको अशुभ राशि: यो हप्ता निकै समस्याले भरिपूर्ण हुनेछ यी ४ राशिलाई, रहनुहोस् सावधान !

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताको सुरुमा निकै खर्च हुनेछ । मङ्गल कार्यका लागि नै खर्च गर्नुपर्ला । मित्र र नातेदारसँग भेट हुने समय छ। उनीहरूले दिएको सल्लाहले पनि निकै काम गर्ला । प्राविधिक खाले कामबाट त्यति ठूलो उपलब्धि होलाजस्तो छैन।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातामा चिन्ता प्रशस्त पर्ला । निश्चय गर्न सक्ने शक्तिको कमी छ । भित्रैदेखि सहयोग गर्ने मित्रको सङ्ख्यासमेत कम देखिन्छ । पारिवारिक समस्या परी नै रहला । देवीको आराधना नगरीकन त्यसलाई सामना गर्न सकिने छैन । धेरै वा थोरै व्यावसायिक लाभ भने भई नै रहला ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साताका सुरुका दुई दिन त्यति राम्रा छैनन् । अनेकौँ बाधा र झन्झट सहनु पर्नेछ । सोमबारदेखि मात्र राम्रो होला । धार्मिक कार्य गर्ने मनसाय भए पनि त्यसलाई पूरा गर्न गाह्रो छ । गणेशको दर्शन गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा हाल मध्यम स्थिति देखा पर्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो साता खर्च घटाउन सकिने छैन । अनेकौँ परिबन्ध परेर सञ्चित धनको नोक्सानी होला । यात्राको सम्भावना भए पनि फलदायी यात्रा भने हुने छैन । बाधा दिने तìवहरू प्रशस्त छन् । परिवारमा समेत कचिङ्गल भई नै रहला । इन्द्राणीको दर्शन गरिरहनुहोस्।

प्रकाशित : आइतबार, फागुन १४, २०७९१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि देव शतभिषा नक्षत्रमा प्रवेश गर्दै, ३ राशिलाई मिल्नेछ उच्च धनलाभको योग !