कुण्डलीमा गुरु दोष भएमा अवश्य गर्नुहोस् यस्ता उपाय, आर्थिक स्थिति हुनेछ मजबुत !

ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई ज्ञान र बुद्धिको ग्रह हो। यदि कुनै व्यक्तिको कुण्डलीमा बृहस्पति ग्रह अनुकूल स्थितिमा हुँदा यसले अद्भुत सकारात्मक प्रभाव ल्याउँछ। बृहस्पति शुभ स्थितिमा  भएका व्यक्तिलाई धेरै भाग्यशाली मानिन्छ। तर बृहस्पति कहिलेकाहीँ व्यक्तिको कुण्डलीमा कमजोर स्थितिमा हुन्छ, जसका कारण गुरु दोष बन्ने गर्दछ। कमजोर बृहस्पतिले व्यक्तिको जीवनमा प्रतिकूल असर पार्न सक्छ। जसका कारण  जीवनमा दुर्भाग्य आउन सक्छ। ज्योतिष शास्त्रमा बृहस्पति ग्रहको दोष हटाउन धेरै सरल र प्रभावकारी उपायहरू बताइएको छ।

पहेँलो चीजहरूको दान

कुण्डलीमा बृहस्पति ग्रहको स्थिति कमजोर भएका व्यक्तिले बिहीबार पहेँलो वस्तु दान गर्नाले बृहस्पतिको नकारात्मक प्रभावबाट मुक्ति मिल्छ। यसका साथमा ‘ॐ बृहस्पतये नमः’ मन्त्रको जप गर्नुहोस् यसले आर्थिक अवस्था सुधार्छ।

साबुन प्रयोग नगर्नुहोस्

कमजोर बृहस्पति भएका व्यक्तिहरूले बिहीबार साबुन र स्याम्पु प्रयोग नगर्नुहोस्। यसले बृहस्पतिलाई झनै कमजोर बनाउँछ भन्ने मान्यता रहेको छ।  बिहीबारको दिन कपाल र नङ काट्न पनि निषेध गरिएको छ।

यी मन्त्रको जप गर्नुहोस्

कमजोर बृहस्पतिलाई बलियो बनाउन गुरुको शान्ति मन्त्र “देवानाम च श्रीनाम च गुरुं कंचन सन्निभाम। बुद्धिभूतम त्रिलोकेशं तं नमामि बृहस्पतिम्।।” जप गर्नुपर्छ।

प्रकाशित : शुक्रबार, फागुन १२, २०७९१७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ शताब्दीपछि बन्दैछ पञ्चमहायोगको दुर्लभ संयोग : यी राशिको भरिनेछ धनको खजाना, मिल्नेछ अपार लाभ