७ शताब्दीपछि बन्दैछ पञ्चमहायोगको दुर्लभ संयोग : यी राशिको भरिनेछ धनको खजाना, मिल्नेछ अपार लाभ

काठमाडौँ : – सबै ९ ग्रहहरुले नियमित समयमा राशि परिवर्तन गर्छन्, अन्य ग्रहसँग संयोग बनाउँछन्। यी ग्रहको गोचर र ग्रहको संयोगले धेरै शुभ र अशुभ योग बनाउँछ। अहिले शनि आफ्नो मूल त्रिकोण राशि कुम्भमा छ। साथै सूर्य पनि कुम्भ राशिमा अवस्थित छ र शनिसँग योग बनाईरहेको छ।

त्यस्तै गुरुदेव बृहस्पति र शुक्र मीन राशिमा संयोग बनाईरहेको छ। मीन राशि बृहस्पतिको राशि हो। यसरी यी महत्वपूर्ण ग्रहहरुको स्थितिले ५ शुभ योग बन्दैछ। फाल्गुन ७ गते आइतबारबाट केदार, शङ्ख, शश, ज्येष्ठ र सर्वार्थसिद्धि योग पनि बनिरहेको छ। यसरी ५ महायोगको बनेको दुर्लभ संयोगले ७०० वर्षपछि आफ्नो प्रभाव देखाउनेछ, यो योगको शुभ प्रभाव केही राशिका जातकमा देखिनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पञ्चयोगको फलस्वरूप मिथुन राशिका लागि शुभ समय सुरु हुनेछ। तपाई जुन काम गर्नुहुन्छ त्यो काम समयमै बन्नेछ। मिथुन राशिका जातकले जागिरमा बढुवा पाउनेछन्। कामकाजमा सहकर्मीहरुको भरपूर सहयोग मिल्नेछ। व्यापारीहरुका लागि यो समय राम्रो छ। व्यापार गर्नेहरूलाई ठूलो सम्झौता तय हुन् सक्छ। फलस्वरूप धनमा वृद्धि हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पञ्चमहायोगको फलस्वरूप सिंह राशिका लागि शुभ समय सुरु भएको छ। सिंह राशिका व्यक्तिहरूले जीवनका विभिन्न कार्यमा सफलता पाउनेछन्। उनीहरुको आर्थिक समस्या समाधान हुनेछ। सिंह राशिका मानिसहरूका लागि करियरको मार्ग प्रशस्त हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिहरूलाई पञ्च महायोगबाट लाभ मिल्नेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीले सफलता हात पर्नेछन्। कर्मचारीको तलब वृद्धिसँगै बढुवाको योग देखिन्छ। व्यवसाय गर्नेहरुको लाभमा वृद्धि हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका व्यक्तिहरूलाई पञ्च महायोगले राम्रो फल दिनेछ। कुम्भ राशिका व्यक्तिहरुको आर्थिक स्थितिमा यो अवधिमा सुधार आउनेछ। पार्टनरसँग राम्रो समय बित्नेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ। नयाँ व्यापार सुरु गर्ने सोचमा रहेकाहरुलाई राम्रो नतिजा मिल्नेछ।

प्रकाशित : शुक्रबार, फागुन १२, २०७९१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फाल्गुन ३० गतेसम्मको समयावधि यी राशिका लागि वरदान समान, सूर्यदेवले चम्काउनेछ किस्मत