चाणक्य नीति: जीवनमा धनको अभाव हुन् नदिन अपनाउनुहोस् चाणक्यको यी वचन पालना !

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा कमाई, खर्च, उपभोग र लगानीका विषयमा विस्तृत रूपमा व्याख्या गरेका छन्। आचार्य चाणक्यको नीतिमा पैसाको मामिलामा मानिसले कहिले र कस्तो स्थानमा सावधानी अपनाउनुपर्छ भन्ने कुरालाई व्याख्या गरिएको छ। चाणक्यका यी नीतिलाई अपनाएर व्यक्ति आर्थिक रूपमा बलियो मात्र होइन, सफल व्यक्ति पनि बन्न सक्छ।

चाणक्य भन्छन् कि यदि कुनै व्यक्ति धनी बन्न चाहन्छ भने उसले पैसा कसरी बचत गर्ने र कस्तो स्थानमा खर्च गर्ने भनेर जान्नुपर्छ। आवश्यकता भन्दा बढी पैसा बचत गर्नु पनि अशुभ मानिन्छ। चाणक्य भन्छन् पोखरीको पानी धेरै समयसम्म परिवर्तन गरिएन भने केही समयपछि सड्छ। त्यसै गरी लामो समयसम्म धनलाई एक स्थानमा राख्नाले पनि यसको महत्त्व गुम्छ।

पैसा खर्च गर्न आवश्यक छ

आचार्य चाणक्यका अनुसार दान नै धन खर्च गर्ने उत्तम माध्यम हो। दान गर्दा पैसा घट्दैन तर दोब्बर हुन्छ। त्यस्तै पैसा सही काममा लगानी गर्नुपर्छ। यस्तो पैसाको सुरक्षित जस्तै हुन्छ।

भविष्यको लागि पैसा बचत गर्नुहोस्

चाणक्य भन्छन् कि पैसाको राम्रो सदुपयोग गर्नुपर्छ, तर सुरक्षित भविष्यको लागि अनावश्यक खर्च रोक्न धेरै महत्त्वपूर्ण छ। आम्दानीको एक अंश दान गर्नुहोस् र केही भविष्यको लागि बचत गर्नुहोस्।

अनावश्यक लोभी हुनबाट जोगिन

पैसाको लोभमा मान्छे गलत बाटोमा हिँड्छ। पैसा कमाउनको लागि व्यक्ति जुनसुकै हदसम्म जान पनि तयार हुन्छन् तर त्यसो गरेर कहिल्यै खुसी हुन सक्दैनन्। चाणक्यका अनुसार गलत तरिकाले कमाएको धन चाँडै नष्ट हुन्छ।

प्रकाशित : शुक्रबार, फागुन १२, २०७९१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुण्डलीमा गुरु दोष भएमा अवश्य गर्नुहोस् यस्ता उपाय, आर्थिक स्थिति हुनेछ मजबुत !