बुध अस्तको अवधिमा यी ६ राशिलाई धन वृद्धिको योग, पूरा महिनाभर मिल्नेछ लाभ

काठमाडौँ : – नवग्रहको राजकुमार मानिने बुध शनिको राशि मकरबाट कुम्भ राशिमा प्रवेश गर्दैछ। बुधले मार्च महिनामा दुई पटक राशि बदल्नेछ। मार्च महिनामा बुध कुम्भ राशिबाट बृहस्पतिको स्वामित्वमा रहेको मीन राशिमा सर्नेछ। यो महिनाको अन्त्यमा बुध मेष राशिमा प्रवेश गर्नेछ, जसको स्वामी मङ्गल ग्रह हो।

चाखलाग्दो कुरा यो छ कि बुध कुम्भ राशिमा प्रवेश गरेपछि मात्र अस्ताउनेछ। अहिले सूर्य र शनि कुम्भ राशिमा छ। सूर्य र बुध एक-अर्काको नजिक छन्, त्यसैले सूर्यको प्रभावले बुध गायब हुनेछ। यसलाई बुध वक्री भएको भनिन्छ। करिब एक महिनासम्म बुध अस्त रहनेछ।

हाल शनि पनि कुम्भ राशिमा गोचर गरिरहेको छ। कुम्भ राशिमा बुधको प्रवेशले तपाईमा कस्तो प्रभाव पार्छ, आउनुहोस् जान्नुहोस् कुन राशिले धन, आर्थिक उन्नति, आगामी दिनमा सफलता प्राप्त गर्न सक्छ।

कुम्भ राशिका लागि बुधको गोचर : – 

मेष राशिका लागि बुधको कुम्भ राशिमा गोचर राम्रो रहनेछ। काम गर्नेहरुका लागि यो समय सुखद् रहनेछ। कडा परिश्रमको फल मिल्छ। प्रेम जीवन अलि तनावपूर्ण हुन सक्छ। बुध ग्रहसँग सम्बन्धित उपाय अपनाउनु सक्नुहुन्छ। साथै भगवान विष्णुको श्री वामन स्वरूपको पूजा आराधना गर्नाले पनि लाभ मिल्छ।

वृष राशिका लागि बुधको गोचर : – 

कुम्भ राशिमा बुधको प्रवेश वृष राशिका लागि अनुकूल हुन सक्छ। काममा स्थिरता आउन सक्छ। वरिष्ठ अधिकारीको पूर्ण सहयोग मिल्नेछ। समाजमा तपाईको प्रतिष्ठा राम्रो रहनेछ। तर एक महिनासम्म बुध ग्रहको उपाय गर्नाले धेरै फल प्राप्त हुनेछ। सम्भव छ भने नियमित रूपमा गाईलाई चारा खुवाउनुहोस्।

सिंह राशिका लागि बुधको गोचर : – 

कुम्भ राशिमा बुधको प्रवेश सिंह राशिका लागि अनुकूल हुन सक्छ। व्यवसायीका लागि यो समय अनुकूल छ। यो समयमा नयाँ व्यापार सुरु गर्न चाहनुहुन्छ भने उत्तम छ। परिवारमा केही मनमुटाव आउन सक्छ। तनाव पनि जीवनमा अलिकति बढ्न सक्छ। बोलीमा संयमता अपनाउनुहोस्।

तुला राशिका लागि बुधको गोचर : – 

तुला राशिका लागि बुधको कुम्भ राशिमा गोचर सकारात्मक हुन् सक्छ। कार्यकुशलता बढ्न सक्छ। यस अवधिमा धनलाभको सम्भावना पनि छ। आफ्नो प्रतिभा प्रमाणित गर्ने मौका मिल्न सक्छ। विद्यार्थीहरूका लागि समय निकै राम्रो रहनेछ। यदि सम्भव छ भने बुधबार खाँचोमा परेकाहरूलाई लुगा दान गर्नुहोस्।

प्रकाशित : शुक्रबार, फागुन १२, २०७९१५:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: जीवनमा धनको अभाव हुन् नदिन अपनाउनुहोस् चाणक्यको यी वचन पालना !