दैनिकी जीवनमा गरिने यस्ता उपायले कहिल्यै हुँदैन धनको कमी, बन्नुहुनेछ करोडपति

वास्तुशास्त्रमा यस्ता धेरै उपाय तथा कार्यको बारेमा बताएको छ जसलाई अपनाएर मानिसले आफ्नो भाग्य बदल्न सक्छ। वास्तु विज्ञहरूका केही यस्ता उपाय छन् जसलाई अपनाएर घरबाट नकारात्मक ऊर्जालाई नष्ट गरी सकारात्मक ऊर्जाको प्रवाह बढाउन सकिन्छ। जहाँ सकारात्मक ऊर्जाको वास हुन्छ, त्यहाँ लक्ष्मीको पनि बास हुने गर्दछ।

धेरै पटक मानिसहरु जीवनमा कडा परिश्रम गरेर पनि आफ्नो लक्ष्यमा पुग्न सक्दैन। वा भाग्यले तपाईंलै साथ दिँदैन। यस्तो अवस्थामा वास्तुका केही नियमको पालना गरेर सजिलै करोडपति बन्न सकिन्छ। यी उपायहरू गर्न कुनै पनि प्रकारको खर्च आवश्यक छैन। बरु केही कुराको ख्याल गरेर मात्र माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न सकिन्छ।

साँझको समयमा यस्ता चीजहरू दान नगर्नुहोस्

ज्योतिष शास्त्रमा भनिएको छ कि साँझमा गरिने केही चीजको दानले मानिसलाई गरिब बनाउँछ। यस्तो अवस्थामा सूर्यास्तको समय र त्यसपछि दूध, दही, नुन र तेल दान गर्नु हुँदैन। यी चीजहरू दान गर्दा माता लक्ष्मी क्रोधित हुन्छिन् र घर छोड्छिन्। जसका कारण मानिसको आर्थिक अवस्था बिग्रन्छ। आर्थिक अभावका कारण पनि धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ।

ओछ्यानमा बसेर खान नखानुहोस्

प्राय: मानिसहरु ओछ्यानमा बसेर आराम गर्ने देखि, खाना खान थाल्छन्, जसलाई वास्तुशास्त्रमा पूर्णतया गलत मानिएको छ। यसो गर्नाले घरमा बस्ने मानिसको भाग्य बिग्रन थाल्छ। यस्तो अवस्थामा टेबल–चकटीमा बसेर खाना खान सक्नुहुन्छ। तर ओछ्यानमा बसेर खाना नखानुहोस्।

घरको मुख्य ढोकामा नराख्नुहोस् यी चीजहरू

शास्त्रमा भनिएको छ कि माता लक्ष्मी घरको मुख्य ढोकाबाट मात्र घरमा प्रवेश गर्छिन्। यस्तो अवस्थामा घरको मुख्य ढोका पूर्ण रूपमा सफा हुनुपर्छ। यति मात्र होइन, गल्तीले पनि घरको मुख्य ढोकामा फोहोर राख्ने भाडा, जुत्ता-चप्पल वा खराब चीजहरू नराख्नुहोस्। यस्ता कुरामा ध्यान दिनुभएन भने देवी माता क्रोधित भई टाढा जानेछिन्।

प्रकाशित : मङ्गलबार, फागुन ०९, २०७९११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको राशिमा बुध अस्ताउँदै, आगामी एक महिना यी ४ राशिको जीवन हुनेछ उथलपुथल !