नक्कली सुन देखाएर ठग्ने चार पक्राउ !

वीरगञ्ज, नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन् ।

पक्राउ परेका चारैजनाले वीरगञ्ज महानगरपालिका–१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर १ पी ०६४९ नम्बरको स्कारपियो गाडीमा बसी सर्वसाधारणलाई एक किलोको नक्कली सुनको बिस्कुट देखाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली सुनलाई नियन्त्रणमा वीरगञ्ज सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा नक्कली भएको प्रमाणित भएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पक्राउ परेका चारै जनालाई ठगीसम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको गिरीले बताए ।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९२०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो रहला आजको मौसम ? पानी पर्ने सम्भावना छ कि छैन ?