कस्तो रहला आजको मौसम ? पानी पर्ने सम्भावना छ कि छैन ?

काठमाडौँ – आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

२०७९ फागुन ५ गते (शुक्रबार)

दिउँसोː प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ फागुन ६ गते (शनिबार)

दिउँसोː प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीː प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ फागुन ७ गते (आइतबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०५, २०७९०९:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तेस्रो स्टेजको ब्रेन ट्युमर भएको कारण जीवनमरणको दोसाँधमा बिबेक, भाइरल टिकटक जोडीले गरे सहयोगको अपिल