भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची !

काठमाडौं, भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९२०:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नक्कली सुन देखाएर ठग्ने चार पक्राउ !