निरन्तर घट्दै सुनको मूल्य, भयो ४१ दिनकै सस्तो ! कति ?

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

सुन झन्डै डेढ महिनाकै सस्तो

पछिल्लो गिरावटसँगै सुन झन्डै डेढ महिनाको सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य पौष २२ गते अर्थात ४१ दिनकै सस्तो रहेको छ।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची !