मोलुङ हाइड्रोपावरको आइपीओ बिक्री खुला ! सर्वसाधारणको भागमा कति ?

काठमाडौं, मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९१०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निरन्तर घट्दै सुनको मूल्य, भयो ४१ दिनकै सस्तो ! कति ?