जेलबाट फर्किएपछि पहिलो पटक विकेट लिँदा भावुक भए सन्दीप, झरे आँशु !

काठमाडौं – स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध आफ्नो दोस्रो बलमै विकेट लिएका छन् ।

बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई सन्दीपले १३ रनमा बोल्ड आउट गरे ।

चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिएका थिए । विकेटलिएपछि सन्दीप भावुक बनेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा तीन मात्रै रन खर्चिए ।

नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार र एक खेलमा वर्षाको कारण रद्ध छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ।नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा दुबै खेलमा नामिबिया नेपालसँग पराजित भएको थियो ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।

शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नामिबिया नेपाल भ्रमणमा शीर्ष तीन औपचारिक रुपमा पक्का गर्ने लक्ष्यमा हुनेछ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

प्रकाशित : मङ्गलबार, फागुन ०२, २०७९१०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इल्चेमाथि रियलको गोलवर्षा, बार्सिलोनासँगको अंक दूरी छोट्यायो !