सलमान खानको चर्चित फिल्मको हिरोइन हुन् तस्बिरमा देखिएकी बच्ची, चिन्नु भयो ?

एजेन्सी- अहिले सामाजिक सञ्जालमा बलिउड सेलिब्रेटीका बाल्यकालका तस्बिरहरु निकै भाइरल भइरहेका छन्। यस पोष्टमा अहिले सामाजिक सञ्जालमा भाइरल भएको एक अभिनेत्रीको बाल्यकालको तस्बिर ल्याएका छौँ । यो एउटी बच्ची झुलामा झुलिरहेको देख्न सक्नुहुन्छ। यी युवती आजको बलिउडकी चर्चित अभिनेत्री हुन्।


यी अभिनेत्री  सलमान खानको पहिलो सुपर-हिट फिल्मकी नायिका हुन्। अझै पनि चिन्नुभएन भने यी युवती अरु कोही नभई बलिउडकी चर्चित अभिनेत्री भाग्यश्री हुन् । भाग्यश्री सलमान खानको अपो-जिट फिल्म ‘मैने प्यार किया’ मा देखिएकी थिइन्। यो फिल्म निकै हिट भएको थियो। अब भाग्यश्रीका दुवै सन्तान पनि चलचित्रमा प्रवेश गरेका छन् ।

भाग्यश्रीकी छोरी अवन्तिका र छोरा अभिमन्युले फिल्म क्षेत्रमा नाम कमाइरहेका छन्। भाग्यश्रीले सन् १९९० मा व्यापारी हिमालय दासानीसँग विवाह गरेकी थिइन्। विवाहपछि अभिनेत्री फिल्मबाट टाढा भइन्।

तर केही समयअघि उनी स्टार प्लसको रियालिटी शो ‘स्मार्ट जोडी’ मा देखिएकी थिइन्, जसमा उनी पति हिमालय दासानीसँग सहभागी भएकी थिइन्। भाग्यश्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ मा पनि देखिएकी थिइन्। भाग्यश्री सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र प्रायः उनी नयाँ तस्बिर र भिडियो सेयर गरिरहन्छिन् ।

प्रकाशित : बिहिबार, माघ २६, २०७९१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि अभिनेत्री कियाराको नयाँ रुप, तस्बिर भाइरल हुँदै !