अभिनेत्री प्रियंकाले पहिलो पटक देखाइन् छोरीको अनुहार, हेर्नुहोस् सुन्दर तस्बिरहरु….

एजेन्सी- बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडा प्रायः छोरी मालतीको अनुहार लुकाउने गरेको छिन् तर अहिले अभिनेत्रीको छिरी मालतीको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। वास्तवमा, अभिनेत्री प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा एक भिडियो साझा गरेकी छिन्, जसमा मालती मेरीको अनुहार देखिन्छ।

तर अहिले अभिनेत्रीले आधिकारिक रुपमा छोरीको अनुहार फ्यानहरुलाई देखाएकी हुन् वा भिडियोमा गल्तीले अनुहार देखाइएको हो भन्ने खुलेको छैन । यसैबिच अभिनेत्रीकी छोरीको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अभिनेत्री प्रियंका चोपडाकी छोरी मालतीको तस्बिरमा फ्यानहरुले लाइक र कमेन्ट गरिरहेका छन्।

अभिनेत्री प्रियंका चोपडा हालै लस एन्जलसमा एउटा कार्यक्रमको सहभागी थिइन् जहाँ उनका पति निक र जो जोन्ससँग हलिउड वाक अफ फेम स्टारको कार्यक्रम थियो। यससँगै अभिनेत्रीले शेयर गरेको भिडियोमा निक स्टेजमा देखिन्छ । जहाँ प्रियंका छोरी मालती प्रियंकासँग पहिलो पङ्क्तिमा बसिरहेकी छिन् र निकलाई चियर हेरिरहेको छिन्।

भिडियोमा अभिनेत्री प्रियंका चोपडाकी छोरी मालतीलाई देखेर फ्यानहरू निकै खुसी भएका छन् र अभिनेत्रीको पोस्टमा कमेन्ट गरेर आफ्नो माया व्यक्त गरिरहेका छन्। एकले लेखे, ‘अन्तमा मालतीको झलक देखियो’ उनी धेरै प्यारी छिन्’, अर्कोले लेखे, ‘मालती निक जस्तै देखिन्छिन्।’

प्रकाशित : मङ्गलबार, माघ २४, २०७९१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो देखियो कियारा र सिद्धार्थको आज हुने विवाह समारोह, सहभागी भए यी बलिउड कलाकार!