एजेन्सी- बलिउड क्षेत्रको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आज विवाह बन्धनमा बाँधिँदै छन्। सबैजना यो जोडीको विवाहको तस्बिरको प्रतीक्षामा छन्। यो विवाह जैसलमेरको सूर्यगढ प्यालेसमा हुन लागेको हो। पछिल्ला दुई दिनदेखि दरबारमा रमाइलो गतिविधि भइरहेको छ । विवाहमा नजिकका मानिसहरु मात्रै सामेल भए पनि रिसेप्सनमा धेरै दिग्गज स्टारहरु सहभागी हुने भनिएको छ। विवाहको पार्टी पहिले दिल्ली र त्यसपछि मुम्बईमा हुने बताइएको छ।
भारतीय मिडिया रिपोर्टको अनुसार कियारा-सिद्धार्थले विवाहपछि राती पार्टी दिने भएका छन्। यो रिसेप्सन पार्टी सूर्यगढ प्यालेसको मैदानमा मात्र हुनेछ। कट्रिना र विक्कीले आफ्नो विवाह पनि यसै तरिकाबाट गरेका थिए। उनीहरुले विवाहपछि पाहुनाका लागि रिसे-प्शनको पनि व्यवस्था गरेका थिए ।
यस विवाहमा उपस्थित पाहुना बाहेक अन्य बलिउड अभिनेता अभिनेत्री तथा कलाकार पनि सहभागी हुने भएका छन्। जसमा शाहरुख खान, अजय देवगन र काजोल जस्ता कलाकारको नाम उल्लेख छन्।
अभिनेत्रीको फेब्रुअरी ५ मा मेहेन्दी परेपछि ६ तारिखमा संगीत र चुडा समारोह आयोजना गरिएको थियो। त्यसपछि राति अबेरसम्म सांगीतिक कार्यक्रम चलेको थियो। करण जौहर, मनिष मल्होत्रा, जुही चावला, जय मेहता, ईशा अम्बानी, आनन्द पिरामल, शाहिद कपूर, मीरा राजपूत जस्ता ठूला कलाकार आज बिहेमा सामेल भएका छन्।