सुन २३ दिनकै सस्तो !

काठमाडौं, सुनको मूल्य आइतबार तोलामा २ हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला  १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य  तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।  आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।

सुन माघ महिनाकै सस्तो

पछिल्लो गिरावटसँगै नेपाली बजारमा सुन माघ महिनाकै सस्तो भएको छ। माघ लागेपछि सुन आज जति सस्तो कहिले पनि भएको थिएन। पुष महिनाको अन्तिम दिन सुन १ लाख ३ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो।

त्यसपछि सुनको मूल्य निरन्तर बढेको थियो। यस बीचमा सुनले नयाँ-नयाँ रेकर्ड पनि बनायो। माघ १९ गते सुन नेपाली बजारमा इतिहाँसकै महँगो भएको थियो। त्यसदिन छापावाल सुन १ लाख ७ हजार ५ सय र तेजाबी सुन १ लाख ७ हजार रुपैंयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य २३ दिनकै सस्तो हो।

प्रकाशित : आइतबार, माघ २२, २०७९१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सरकारबाट बाहिरिने रास्वपाको निर्णय