सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौ,  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

संसद बैठकमा रास्वपाका सांसद अनुपस्थित

सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् । एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् । प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् ।

प्रकाशित : आइतबार, माघ २२, २०७९१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रास्वपा सरकारबाट बाहिरियो, तर प्रचण्डको सरकार भने जोगियो !