फेब्रुअरीमा बिग्रिन सक्छ यी राशिका व्यक्तिको आर्थिक अवस्था, हुनसक्छ बेहाल !

केही राशिका लागि फेब्रुअरी महिना निकै महत्वपूर्ण रहनेछ। यो महिनामा केही राशिका व्यक्तिहरूले आर्थिक पक्षमा घाटा बेहोर्नु पर्ने देखिन्छ। ज्योतिषीय हिसाबले कर्कट, सिंह र मकर राशिका व्यक्तिहरुको खर्चमा वृद्धि हुनसक्छ। यद्यपि यो महिना केही राशिका व्यक्तिहरूले आर्थिक लाभ पनि पाउन सक्छन्। फेब्रुअरी महिनामा धनको मामिलामा कुन राशिका मानिसले सावधानी अपनाउनुपर्छ, जान्नुहोस्…

कर्कट राशि

फेब्रुअरी महिनामा कर्कट राशि हुनेहरुको आर्थिक स्थितिमा उतारचढाव आउन सक्छ। यद्यपि महिनाको मध्यमा धन आवागमन बढ्नेछ। तर, आम्दानीमा वृद्धिसँगै खर्च पनि बढ्नेछ। अत्याधिक खर्चले मानसिक तनाव निम्त्याउन सक्छ।

सिंह राशि

सिंह राशिका मानिसहरुका लागि यो महिना आर्थिक मामिलामा गडबड हुन सक्छ। यो महिना पैसा बचत गर्न गाह्रो हुनेछ। त्यसैले खर्चलाई नियन्त्रण गर्नुपर्छ। यो महिना उधारो पैसा नदिनुहोस्। कसैलाई दिएको पैसा अड्कन सक्छ। ग्रहहरूको प्रतिकूल स्थितिले आर्थिक बजेट हल्लाउन सक्छ।

मकर राशि

मकर राशिका व्यक्तिहरूलाई फेब्रुअरीमा आर्थिक लाभसँगै खर्च हुनेछ। शनि, सूर्य र बुध ग्रहको प्रतिकूल स्थितिले तपाईंको खर्च बढ्नेछ। तपाईं पैसा बचत गर्न असमर्थ हुनुहुनेछ। यात्रामा समस्या आउन सक्छ। अचानक धन हानि हुन सक्छ।

प्रकाशित : बुधबार, माघ १८, २०७९१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेब्रुअरी महिनाभर यी ६ राशिलाई हुनेछ धनको वर्षात्, ग्रह परिवर्तनले करियरमा ल्याउनेछ अपार लाभ