काठमाडौँ : ग्रहहरूको स्थितिमा आउने सानो परिवर्तनले पनि देश -दुनियाँ र हाम्रो दैनिकीमा प्रभाव पार्छ। सन् २०२२ को फेब्रुअरी यो मामिलामा धेरै विशेष छ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकको लागि यो समय निकै सफल रहनेछ। करियरमा राम्रो प्रगति हुनेछ। देवगुरु बृहस्पति र शनिको कृपाले व्यापारमा लाभ मिल्नेछ। तर, घरपरिवार र स्वास्थ्यको मामिलामा अलि सजग रहनु पर्ने देखिन्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका जातकको लागि यो महिना निकै शुभ छ। तपाईको योजना अनुसार सबै काम सम्पन्न हुनेछन्। सापटी दिएको धन फिर्ता हुनेछ। प्रेम जीवन सुखद् रहनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका व्यक्तिहरुले यो समयावधिमा करियरमा अपार सफलता हासिल गर्नेछन्। आय बढ्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका व्यक्तिहरूले यो समयमा राम्रा कामहरु गर्नेछन्। यो समय जागिर वा व्यापार दुवैको लागि लाभदायक छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका व्यक्तिहरूलाई यो समयले करियरमा ठूलो सफलता दिनेछ। नोकरी-व्यवसायमा लाभ हुनेछ। धन लाभ हुनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका लागि यो समय निकै शानदार रहनेछ। विशेषगरी व्यवसायीहरुका लागि यो समय निकै राम्रो रहनेछ। धन लाभ हुनेछ।