काठमाडौँ : फेब्रुअरी महिना शुरु भइसकेको छ। अन्य महिना जस्तै यस महिनामा पनि विभिन्न ग्रहहरुले राशि र चाल परिवर्तन गर्दैछन्। यसरी महिनाभर हुने ग्रहहरुको राशि तथा चाल परिवर्तनका आधारमा फेब्रुअरी महिना सबै भन्दा बढी निम्न राशि हुनेहरुलाई शुभ रहनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
फेब्रुअरी महिना मेष राशि हुनेहरुका लागि धेरै नै विशेष रहनेछ। महिनाको शुरुवातमै शुभ समाचार मिल्नेछ। विदेश जाने योजनामा रहेकाहरुका लागि महिना धेरै शुभ देखिन्छ। आर्थिक रुपमा पनि महिनालाई राम्रो मान्न सकिन्छ। दैनिक कार्यले आर्थिक लाभ दिलाउनेछ भने नयाँ कार्य थालनीको अवसर पनि मिल्न सक्ला। महिनाको अन्त्यमा रमाइलो यात्रा हुन सक्छ। हरेक कार्यमा परिवारको साथ र सहयोग मिल्दा सम्पूर्ण कार्य सफल हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
फेब्रुअरी महिना कन्या राशि हुनेहरुका लागि आर्थिक मामिलामा उत्कृष्ट साबित हुनेछ। सम्पूर्ण आर्थिक समस्या देखि छुटकारा मिल्दा मानसिक रुपमा आनन्द महसुस हुनेछ। लामो समय देखि उठ्न नसकेका धन उठ्नेछन् भने पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। आफन्तजनको समर्थन मिल्दा अफ्ठ्यारा कार्य समेत सम्पन्न हुनेछन्। कानुनी रुपमा पनि यस महिनालाई शुभ मान्न सकिन्छ। शत्रु सहजै पराजित हुनेछन्। महिनाको अन्त्यमा प्रियजनसँग भेटघाट हुन सक्ला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
महिनाको शुरुवातमै आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बोलिको प्रभाव बढ्दा महत्वपूर्ण आयोजना हात लाग्नेछ। नयाँ-नयाँ सम्बन्ध स्थापित हुनेछन्। साझेदारीमा गरिएका कामले पनि मुनाफा दिनेछन्। स्वास्थ्यले पनि साथ दिनेछ। खेलाडी तथा कलाकारहरुका लागि पनि महिना शुभ सावित हुनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उल्लेख्य सफलता हाँसिल हुनेछ। सम्पूर्ण प्रकारका प्रतियोगितामा सफल भइनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
रोजगारीमा रहनेहरुका लागि यस महिना धेरै नै शुभ सावित हुने देखिन्छ। पदोन्नतीका साथै पुरस्कारको सम्भावना देखिन्छ। चिताएका सम्पूर्ण कार्य सम्पादन हुनेछन् भने नयाँ कार्य थालनीमा पनि ठुलो छलाङ मार्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेट होला। महिनाको मध्य र अन्त्यमा यात्रा हुन सक्ला। समाजमा तारिफयोग्य गर्न सकिनेछ। कृषि क्षेत्रमा रहनेहरुका लागि यस महिना लाभदायक सावित हुनेछ।