डेब्यू फिल्मबाट रातारात स्टार बनिन्, १ गल्तीले बर्बाद पार्यो करियर, हिटबाट यसरी फ्लप एक्ट्रेस बनिन् मनीषा

काठमाडौँ : मनिषा कोइरालाले आफ्नो अभिनय करियरमा हिन्दी मात्र नभई साउथ र नेपाली चलचित्रमा पनि काम गरिसकेकी छिन्। उनले जहाँ पनि आफ्नो उपस्थिति जनाएकी छिन् त्यहाँ नाम कमाएकी छिन्। यसबाहेक मनिषाले बङ्गाली र अँग्रेजी फिल्ममा पनि आफ्नो दम देखाईसकेकी छिन्। उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। पहिलो फिल्मबाटै उनी रातारात स्टार भइन्।

पहिलो फिल्मबाटै सफलता पाएपछि मनिषालाई आफ्नो करियर अगाडि बढाउन निकै सहयोग मिलेको थियो। त्यसपछि उनलाई धेरै प्रोजेक्टको प्रस्ताव आए। सन् १९९४ मा रिलिज भएको फिल्म ‘१९४२ : अ लव स्टोरी’ मा मनिषाको काम देखेर फ्यानहरु उनको कट्टर प्रशंसक बनेका थिए। त्यसपछि उनले क्रिमिनल, बम्बई, अकेले हम अकेले तुम, दुश्मन जस्ता धेरै सुपरहिट फिल्महरूमा काम गरिन्।

सन् २००० अघि मनिषा मानिसहरुको मुटुको धड्कन बनेकी थिईन्। तर यसपछि उनको करियरमा अचानक विराम आयो। फिल्म गुप्त, दिल से, कच्चे धागे, मन जस्ता सुपरहिट फिल्मपछि दर्शकहरु मनिषाका फिल्मबाट विमुख हुन थाले। त्यसपछि मनिषा सबै बिर्सिएर लागुऔषधको लतमा फसिन्।

करियरको उत्कर्षमा पुगेर मनिषालाई ड्रग्सको लत लागेपछि उनको हातबाट धेरै राम्रा अफर पनि गए। यससँगै उनले काम गरिरहेको चलचित्र पनि उनको दुर्व्यसनको कारण प्रभावित हुन् थाले र हेर्दा-हेर्दै उनका धेरै फिल्महरु लगातार फ्लप भए। त्यसपछि सन् २०१२ मा मनिषा कोइरालालाई क्यान्सर रोग लागेको थाहा भयो।

मनिषा कोइरालाले करिब चार वर्षसम्म आफ्नो रोगको उपचार गराएपछि अन्ततः क्यान्सरलाई हराएर नयाँ जीवनमा प्रवेश गरिन्। आज मनिषा मानिसका लागि प्रेरणा बनेकी छिन्। दृढ आत्मविश्वास भयो भने क्यान्सर जस्तो प्राणघातक रोगलाई परास्त गर्न सकिने उदाहरण दिएकी छिन्। मनिषा कोइराला वास्तविक जीवनमा निकै जीवन्त व्यक्तित्व हुन्। कमब्याक गरेपछि अभिनेत्रीको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

क्यान्सरजस्ता रोगसँग लड्दै जीवनको वास्तविक अर्थ बुझेको कुरा मनिषाले एक कार्यक्रममा बताइन्। उनले क्यान्सरबारे ‘हिल्डः हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ नामक पुस्तक लेखेकी छिन्।

आफ्नो रोगलाई मात दिएपछि मनिषाले फिल्म क्षेत्रमा पुनरागमन गरिन् र सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा देखा परिन्। नेपालको उच्च घरानाबाट फिल्म दुनियाँमा प्रवेश गर्नु, विवाह र त्यसपछि सम्बन्ध विच्छेद गर्नु, क्यान्सर जस्तो रोगलाई मात दिई फिल्म क्षेत्रमा कमब्याक गर्नु, सरसर्ती हेर्दा मनिषा कोइरालाको वास्तविक जीवन कुनै फिल्मी कहानी भन्दा कम छैन।

अहिले मनिषा कोइरालाले आफ्नो पूरा ध्यान करियरमा राखेकी छिन्। मनिषा फेरि फिल्मी दुनियाँमा सक्रिय भएकी छिन् र धेरै फिल्ममा महत्वपूर्ण भूमिकामा देखिन थालेकी छिन्। चाँडै नै उनी कार्तिक आर्यनको फिल्म ‘शेहजादा’ मा पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्। उनको यो फिल्म यहीँ फेब्रुअरी १० मा रिलिजको तयारीमा छ।

प्रकाशित : सोमबार, माघ १६, २०७९१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पठानमा सलमान खानको इन्ट्री सीनले उडाए धेरैका होश, शाहरुखले भन्दा पाए बढी ताली