पठानमा सलमान खानको इन्ट्री सीनले उडाए धेरैका होश, शाहरुखले भन्दा पाए बढी ताली

एजेन्सी : चलचित्र ‘पठान’ को निर्माण सुरु भएदेखि नै शाहरुख खानको चर्चा चुलिएको थियो तर सुरुदेखि नै फिल्ममा टाइगरको भूमिकामा सलमान खान पनि देखिने चर्चा सुरु भएको थियो। अहिलेसम्म शाहरुख खान र सलमान खानको दोस्ती राम्रै चलिरहेको छ र एक-अर्काको फिल्ममा केमियो गरेर फिल्ममा स्टार भ्याल्यु बढाईरहेका छन्। फिल्मका निर्माता आदित्य चोपडा स्पाइ युनिभर्स बनाइरहेका छन्। अर्थात् एउटा चलचित्रमा अर्को चलचित्रको चरित्र देखाइन्छ। जसरी सूर्यवंशीमा सिम्बा र सिङ्घम देखिएका थिए। सलमान टाइगरको रुपमा र फिल्म ‘वार’ मा कबीरको रुपमा ऋतिक रोशनको भूमिका अपरिहार्य बनिसकेको छ। अहिले उनले पठान नामको क्यारेक्टर प्रस्तुत गरेका छन् र त्यही कारण पठानमा टाइगरको एन्ट्री भएको छ ।

फिल्ममा सलमान जस्ता स्टारको क्यामियो भएकोले निर्देशक सिद्धार्थ आनन्द र लेखक श्रीधर राघवले चलाखीपूर्वक सलमानको एन्ट्री सीन बनाएका छन्। पठानमा पठान रुसी प्रहरीको नियन्त्रणमा आएको देखाइएको छ। पठानलाई रेलमा केही कैदीसहित लगिएको छ। प्रहरीले ती बन्दीहरुलाई पठानलाई समाप्त पार्न छुट दिन्छन्। पठान नराम्ररी फस्छन्। उनले सकेसम्म लड्ने प्रयास गर्छ तर त्यत्रो कैदीहरुको अगाडी उनको केही सीप लाग्दैन्।

यहीँबेला ट्रेनको छत छेडी सलमान खानको प्रवेश हुन्छ। एक हातमा कफीको गिलास लिएर ट्रेनमा उत्रिन्छन् र घमासान लडाई लड्दै पठानतिर जान्छन्। र उनलाई कफी दिन्छन्। आश्चर्य मान्दै पठानले कफी शप सिधैं आएको भनेर सोध्छन्। उनले आफू औषधी पसलमा पनि गएको बताउँछन्। उनले पठानलाई पेन=कि:_*लर पनि दिन्छन् र रुसी गुण्डाहरूको धुलाईमा लाग्छन्। त्यसपछि पठान र टाइगर दुवै मिलेर रशियन कैदी र पुलिसको धुलाई गर्छन्। यो सिक्वेन्सले सलमानको स्टारडमलाई शूट गर्छ।

अब कुरा गरौं सलमानको एन्ट्रीमा पाएको प्रतिक्रियाको। सलमान पठान फिल्ममा प्रवेश गर्ने बित्तिकै दर्शकले सिट्टी र ताली बजाएर स्वागत गर्छन्। फिल्मका नायक शाहरुख खानले पनि इन्ट्रीमा यति धेरै ताली र सिट्टी पाएनन्, जति सलमान खानले पाएँ।

प्रकाशित : मङ्गलबार, माघ १७, २०७९१३:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पठानका कारण तर्सियो शहजादा, सर्यो रिलिज मिति !