विश्व भोकमरी सूचकांकमा नेपालले भारतलाई पछि पार्यो !

काठमाडौं । नेपालको भोकमरीको अवस्थामा सुधार देखिएको छ । विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको कन्सर्न वल्र्डवाइड र वेल्ट हंगर हाइलाइफले तयार पारेको प्रतिवेदनले देखाएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

पछिल्लो समयमा यातायातको पहुँच बढेसँगै नेपालमा भोकमरी घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । प्रत्येक सात वर्षमा यस्तो प्रतिवेदन तयार गर्ने गरिन्छ । कुल १२१ देशहरुमा गरिएको सर्वेक्षणमा नेपाल ८१औँ स्थानमा रहेको छ । हाल नेपालको ग्लोबल हंगर सूचांक स्कोर १९.१ रहेको छ ।

जुन स्कोरले नेपालमा अझै पन मध्यम स्तरको भोकमरी रहेको देखाएको छ । यसअघि सन् २०१४मा गरिएको सर्वेक्षणमा नेपालमा भोकमरीको अवस्था गम्भीर र तुरुन्त सुधारका काम गर्नुपर्ने देखिएको थियो । उक्त समय भन्दा अघि सन् २००७ मा नेपालमा भोकमरीको अवस्था जटिल रहेको थियो ।

सन् २००० देखि २००७को समयमा भोकमरीकै कारण नेपालमा शिशु मातृ मृत्यु दर पनि उच्च रहेको थियो । भोकमरी निवारणका लागि सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा भोकमरी र शिशु मातृ मृत्यु दरमा पनि सुधार आउँदै गएको प्रतिवेदनले जनाएको छ । भोकमरी सूचांकले कुपोषण, उचाइ अनुसार तौल नपुगेका पाँच वर्ष मुनिका बालबालिका, उमेर बढेता पनि उचाइ नबढेका पाँच वर्ष मुनिका बालबालिका र बाल मृत्यु दरका आधारमा देशहरुलाई श्रेणीबद्ध गर्दै आएको छ ।

सूचांक स्कोर कम हुने देशमा भने भोकमरीको अवस्था सामान्य रहेको छ । शून्य देखि ९.९ सम्मको स्कोरले भोकमरीको अवस्था सामान्य वा न्युन भन्ने बुझाउँछ भने १० देखी १९.९ सम्मको स्कोरले भोकमरीको अवस्था गम्भीर भन्ने बुझाउछ । त्यस्तै २०–३४.९ सम्मको स्कोरले भोकमरीको अवस्था गम्भीर, ३५–४९.९ सम्मको स्कोरले आपत्कालीन र ५० माथिको स्कोरले एकदमै जटिल अवस्था रहेको बुझाउँछ ।

नेपालमा भोकमरीको अवस्था तुलनात्मक रुपमा अन्य दक्षिण एशियाली देशहरुमा भन्दा सुधारोन्मुख रहेको छ । नेपाल भारत, पाकिस्तान, अफ्गानिस्तान र बंगलादेश भन्दा अगाडि रहेको छ । तथापि श्रीलंकाको तुलनामा नेपाल पछि रहेको छ । श्रीलंका १३.६ स्कोर सहित ६४औँ स्थानमा रहेको छ ।त्यस्तै भारत २९.१ अंक सहित १०७ औँ स्थानमा रहेको छ भने पाकिस्तान २६.१ अंक सहित ९९औँ स्थानमा र अफगानिस्तान २९.९ अंक सहित ११९औँ स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, माघ १६, २०७९०९:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आकर्षक तलब दिने भेनर पुर्याइयो कुवेत, तर बेचियो १० लाखमा !