बलिउड क्षेत्रमा चम्किएला शहनाजको भाग्य ? कम गर्दै एक नयाँ फिल्ममा !

एजेन्सी- बिग बोस १३ बाट चर्चामा आउन सफल शहनाज गिल हरेक दिन नयाँ उचाइमा पुग्दै छिन्। अभिनेत्रीका फ्यान उनको धेरै प्रगति होस् भन्ने चाहन्छन् । कुनै समय पञ्जाबी फिल्म क्षेत्रमा काम गरिसकेकी शहनाजले पछिल्लो समय ‘बिग बोस’ बाट नाम कमाएकी थिइन् र अहिले उनी बलिउडमा क्षेत्रमा देखिने तयारीमा छिन्।

अहिले शहनाज सलमान खानसँग फिल्म ‘किसी का भाइ किसकी जान’ बाट डेब्यु गर्दै छिन्। फिल्म आउन केही समय बाँकी छ तर त्यसअघि नै उनले अर्को ठूलो फिल्ममा अभिनय गर्ने अवसर मिलेको खबर सार्वजनिक भएको छ।

शहनाज गिल फिल्म निर्माता निखिल आडवाणीको अर्को फिल्ममा देखिनेछिन्। भारतीय मिडिया रिपोर्ट अनुसार शहनाजलाई निखिलको फिल्मका लागि छनोट गरिएको छ । यो एक महिला प्रमुख चलचित्र हो। उनी बाहेक वाणी कपूर पनि महत्त्वपूर्ण भूमिकामा छिन्। फिल्मसँग जोडिएको स्रोतले भन्यो, ‘यो महिलामुखी फिल्म हो र यसमा हरेक अभिनेत्रीले महत्त्वपूर्ण भूमिका हुनेछ। मौसमका कारण चलचित्रको छायाङ्कनमा ढिलाइ भइरहेको छ। चलचित्र मार्चबाट छायाङ्कनमा जानेछ ।

फिल्मकी निर्देशक मिताक्षरा कुमार हुन् । उनी अहिले सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’मा व्यस्त छन्। मिताक्षराले यसअघि भन्सालीलाई ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा सहायकको काम गरेकी थिइन्।

यसअघि रिया कपूरको फिल्ममा शहनाज गिललाई पनि अनुबन्धित गरिएको खबर सार्वजनिक थियो। यस फिल्मलाई निर्देशक बालुनीले निर्देशन गर्नेछन् । शहनाज अहिले म्युजिक भिडियोमा व्यस्त छिन्। गुरु रन्धावासँग उनको ‘मून राइज’ भिडियो हालै सार्वजनिक भएको थियो। भिडियोमा दुवैको जोडीलाई निकै रुचाइएको थियो।

प्रकाशित : आइतबार, माघ १५, २०७९१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डेब्यू फिल्मबाट रातारात स्टार बनिन्, १ गल्तीले बर्बाद पार्यो करियर, हिटबाट यसरी फ्लप एक्ट्रेस बनिन् मनीषा