एजेन्सी : रणबीर कपूरलाई निकै कूल मानिन्छ र आफ्ना फ्यानहरुसँग निकै विनम्रताको साथ प्रस्तुत हुन्छन्। तर हालै एउटा घटना सार्वजनिक भएको छ, जसमा रणबीर कपुर आफ्ना फ्यानहरुसँग रिसाएका छन् र एउटा फ्यानको मोबाइल नै फ्याँकिदिएका छन्।
रणवीर कपुरका फ्यानले उनीसँग सेल्फी खिच्ने प्रयास गरिरहेको भिडियो सार्वजनिक भएको छ। रणवीर क्यामेरा हेरेर मुस्कुराउँछन्। तर दुई–तीन पटक प्रयास गर्दा पनि रणबीरको त्यो फ्यानले राम्रो सेल्फी लिन सकेनन् र रणवीर रिसाउँछन्।
रणवीरले फ्यानसँग माग्छन् र फोन पाउने बित्तिकै पछाडी फ्याँक्छन्। रणवीरको यो कदमलाई लिएर धेरैले असन्तुष्टि जनाएका छन् र आलोचना गरेका छन्।
अर्कोतर्फ, यो भिडियो रणवीरले खिचेको विज्ञापनको हिस्सा भएको पनि बताइएको छ ।
भिडियो : –
Ranbir Kapoor smashes fan’s phone!!! Ho kya raha hai ye?🧐😨
.
.#homeentertainmentt #upated_viral #ranbirkapoor pic.twitter.com/cNWWl08zuL— homeentertainmentt (@updated_viral) January 27, 2023