बृहस्पतिको कारण बन्नेछ गजलक्ष्मी योग, ३ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : – हाल शनि कुम्भ राशिमा गोचर गर्दैछ र आउँदो वर्ष बैशाख ९ गते( २२ अप्रिल)  बृहस्पति ग्रह मेष राशिमा गोचर गर्नेछ। त्यसपछि गजलक्ष्मी योगको निर्माण हुनेछ। यो योग संयोगको कारण ३ राशिलाई निकै फाइदा हुनेछ। यी राशिका जातकले चाहे भने घर या वाहन खरिद गर्न सक्नेछन्। समयले तपाईलाई साथ दिनेछ। आउनुहोस् जानौं ती ३ राशिहरु कुन-कुन हुन् त ?

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको राशिका लागि यो समय निकै राम्रो रहनेछ। मार्चपछि तपाईले राम्रो समाचार पाउनुहुनेछ र तपाईले सम्पत्ति खरीद गर्न सक्नुहुनेछ। गुरु र शनिले साथ दिनेछ। घरपरिवारमा पनि खुशीयालीपूर्ण माहोल रहनेछ। विगतमा गरेका लगानीबाट मनग्यै लाभ हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

गजलक्ष्मी योगले तपाईका लागि भाग्यको ढोका खोल्नेछ। तपाईका लागि अथाह धन कमाउने योग बन्दैछ। लगानीबाट पनि राम्रो लाभ मिल्नेछ। जीवनमा प्रेम र आनन्द बढ्नेछ। आयमा वृद्धि हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

गजलक्ष्मी योग तपाईको लागि धेरै शुभ छ। तपाईको सबै मनोकामना पूरा हुनेछन्। कार्यस्थलमा प्रगति हुनेछ। व्यापारमा प्रगति हुनेछ, नयाँ घर वा सवारी साधन खरिद गर्ने अवसर मिल्नेछ।  सम्पत्ति विवाद समाधान हुनेछ।

प्रकाशित : शनिबार, माघ १४, २०७९१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघ शुक्लपक्षको पूर्णिमामा बन्दैछ ४ दुर्लभ योग, हुनेछ निकै फलदायी