३० वर्षपछि ग्रह चक्रमा ठूलो हलचल हुँदै, यी राशिलाई मिल्नेछ नसोचेको सफलता !

वैदिक ज्योतिषशास्त्र अनुसार शुक्र ग्रहलाई मानव जीवनमा शारीरिक शक्ति र विलासिताको कारक मानिन्छ। शुक्र वृष र तुला राशिको स्वामी हो, शुक्र ग्रह मीनमा उच्च र बुध ग्रहको राशि कन्यामा नीच हुन्छ। शुक्र र शनिको मिलनले केही क्षेत्रमा सकारात्मक नतिजा दिन्छ भने कतिपय क्षेत्रमा यो नकारात्मक परिणाम दिन्छ। शुक्र २२ जनवरी मा कुम्भ राशिमा प्रवेश गरेको छ, जहाँ शनि पहिले नै विराजमान छन्।

यो कुम्भ राशिमा बन्ने शुक्र र शनिको एक धेरै दुर्लभ संयोजन हो, जहाँ शनिले ३० वर्ष पछि आफ्नै राशि कुम्भमा प्रवेश गर्दछ। त्यसैले ३० वर्षपछि कुम्भ राशिमा शुक्र र शनिको संयोग हुन लागेको हो । शुक्र १५ फेब्रुअरी साँझ ०७:४३ सम्म कुम्भ राशिमा रहनेछ र पछि यो मीन राशिमा गोचर गर्नेछन्। यो दुर्लभ संयोगले कुन तीन राशिलाई शुभ फलदायी हुनेछ जान्नुहोस् ?

मेष राशि

मेष राशिका व्यक्तिहरुको करियर तथा व्यापारमा शनि र शुक्रको संयोग लाभदायी रहनेछ। रोजगारीको खोजीमा रहेकाहरूका लागि शुभ समाचार प्राप्त हुने सम्भावना छ। काम गर्नेलाई नयाँ कामको प्रस्ताव मिल्न सक्छ। व्यापारीहरूले नाफा कमाउने सम्भावना छ।

कन्या राशि

मकर राशिमा शुक्र र शनिको संयोग कन्या राशिका व्यक्तिका लागि लाभदायी साबित हुनेछ। व्यावसायिक र व्यक्तिगत जीवन राम्रो हुनेछ। यस समय जीवनसाथीसँग रमाइलो समय बित्नेछ। एकल व्यक्तिको खोजी समाप्त हुन सक्छ। धन लाभको योग रहेको छ ।

तुला राशि

तुला राशिका लागि शनि र शुक्रको मिलन शुभ रहनेछ। यस्ता व्यक्तिको आम्दानी बढ्नेछ। व्यापार व्यवसायले गति लिनेछ। धन बचतमा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। समाजमा मान-प्रतिष्ठा बढ्नेछ।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही दिनमा ग्रहको राजकुमार शनि राशिमा प्रवेश गर्दै, यी राशिलाई हुनेछ लाभै-लाभ !