केही दिनमा ग्रहको राजकुमार शनि राशिमा प्रवेश गर्दै, यी राशिलाई हुनेछ लाभै-लाभ !

ज्योतिषशास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्त्वपूर्ण मानिन्छ। यदि कुनै ग्रह मार्गी हुन्छ अथवा कुनै राशिमा गोचर हुन्छ भने, त्यसको प्रभाव सबै राशिहरूमा पर्छ। यो प्रभाव शुभ र अशुभ दुवै हुन सक्छ। ज्योतिषशास्त्रमा बुधलाई ग्रहहरूको राजकुमार भनिन्छ। बुधलाई बुद्धि, सञ्चार, निर्णय, तर्क र गणितको कारक ग्रह पनि मानिन्छ। ज्योतिष शास्त्रका अनुसार बुध ग्रह मकर राशिमा फेब्रुअरी ७ गते बिहान ७:५३ बजे गोचर हुनेछ । बुध यस राशिमा फेब्रुअरी २७ सम्म रहनेछ।

यस समयमा बुध धनु राशिमा उदय भएका छन्। उनी १२ दिनपछि अर्थात् फेब्रुअरी ७ मा मकर राशिमा प्रवेश गर्नेछन्, जुन शनिदेवको राशि हो। बुधको यो गोचर केही राशिका लागि निकै शुभ रहेको छ। कतिपयको समस्या बढ्न सक्छ। अब जान्नुहोस् बुधको यो परिवर्तनले कुन राशिलाई शुभ हुनेछ?

मेष राशि

मेष राशिका लागि बुधको यो गोचर निकै शुभ रहनेछ। बुध मेष राशिको दसौँ घरमा प्रवेश गर्नेछ। यस अवधिमा मेष राशिका व्यक्तिहरुको कार्यस्थलमा राम्रो रहनेछ। परिवारसँग राम्रो समय बित्नेछ।

वृष राशि

बुधको यो गोचरले वृष राशिको आर्थिक स्थितिमा सुधार ल्याउनेछ। ग्रहहरूको राजकुमार वृष राशिको नवौं घरमा प्रवेश गर्नेछ। पैसा कतै अड्किएको छ भने त्यो पनि प्राप्त हुन्छ। परिवारमा जति मतभेद छन्, त्यो पनि समाप्त हुनेछन्। कतै लगानी गर्ने सोचमा हुनुहुन्छ भने त्यो शुभ साबित हुनेछ ।

तुला राशि

तुला राशिका लागि बुधको गोचरले खुसी दिनेछ। बुध यो राशिको चौथो घरमा प्रवेश गर्नेछ। तुला राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। कार्यस्थलमा हाकिम कामबाट खुसी हुनेछन् साथै नयाँ जिम्मेवारी पाउन सकिन्छ। तर, आमाको स्वास्थ्यमा समस्या आउन सक्छ।

कुम्भ राशि

बुधको गोचर यस राशिको १२ औँ घरमा हुनेछ। कुम्भ राशिका लागि आम्दानीको नयाँ स्रोत खुल्नेछ। वैदेशिक यात्रा संयोग बन्न सक्छ। साथी तथा आफन्तको सहयोगले कार्य क्षेत्रमा सफलता मिल्नेछ।

कन्या राशि

कन्या राशिका लागि बुधको गोचर शुभ रहनेछ। बुध यो राशिको पाँचौँ घरमा प्रवेश गर्नेछ। सन्तानसँग राम्रो समय बिताउन सकिनेछ। नयाँ कामको खोजीमा हुनुहुन्छ भने सफलता मिल्नेछ। शेयर बजारमा गरेको लगानी फलदायी साबित हुनेछ। सरकारी जागिरको लागि तयारी गरिरहेका विद्यार्थीहरूले लाभ पाउनेछन्।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेब्रुअरी महिनामा यी ३ राशिलाई हुनेछ अपार धन-लाभ, यी राशिले अपनाउनुस् विशेष सावधानी