एकै परिवारका दुई नेपाली युवकको शव भारतमा फेला, खाल्डोमा गाडिएको थियो !

जनकपुरधाम, भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ । उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार  जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । उनीहरु एकै परिवारका रहेका खुलेको छ ।

खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो । दुई साता अघिदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेन ।

प्रकाशित : आइतबार, माघ ०८, २०७९१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बढ्यो सुन र चाँदी दुवैको मूल्य ! कति ?