बढ्यो सुन र चाँदी दुवैको मूल्य ! कति ?

काठमाडौं, नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।   यता, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबारको तुलनामा साेमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको हो। साेमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : सोमबार, माघ ०९, २०७९१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई नछाड्ने प्रचण्डको घोषणा !