जहाज कोलकाता ‘डाइभर्ट’, भैरहवा र पोखरामा गरिएन अवतरण !

काठमाडौँ -आठ महिनाको अन्तरमा सञ्चालनमा आएका भैरहवाको गौतम बुद्धर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक चाप घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। काठमाडौंमा अन्तर्राष्ट्रिय उडानर अवतरणमा समस्या हुँदा ती दुवै विमानस्थल विकल्प बन्न सक्ने बताइन्छ।

एसियाली विकास बैंक, ओपेक फन्डर नेपाल सरकारको गरी साढे ९ अर्बको लगानीमा बनेको भैरहवा विमानस्थल गत जेठमा उद्घाटन गरिएको हो।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋणर अनुदानमा निर्माण भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस १७ गते गरेका हुन्।

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानअन्तर्गतको जहाज शुक्रबार बिहान भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेन। त्यसपछि विमान ‘डाइभर्ट’ भयो। काठमाडौंको विकल्प भनिएका पोखरार गौतम बुद्ध विमानस्थलको सट्टा उक्त विमान भारतको कोलकाता पुग्यो।

उक्त विमान कोलकाता गएपछि सामाजिक सञ्जाल विभिन्न प्रतिक्रिया व्यक्त भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौंमा अवतरण हुन नसकेको अन्तर्राष्ट्रिय उडान नेपालभित्र नैरहेका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण किन नभएको वा हुन नसकेको भनेर प्रश्न उठाइरहेका छन्। त्यसमा पनि नेपाल सरकारको स्वामित्वमारहेको निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गर्न नसकेपछि पोखरार गौतम बुद्ध विमानस्थलमा अवतरणको प्रयास नगरी सिधै कोलकाता गएकोमा धेरैले आपत्ति जनाएका छन्।

के भएको थियो?

काठमाडौंमा शुक्रबार बिहान बाक्लो हुस्सु लागेका कारण हवाई सेवा प्रभावित बन्यो। हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानयोग्य भिजिबिलिटी (दृश्यता) नहुँदा झन्डै मध्याह्न १२ बजेसम्मका उडानर अवतरण प्रभावित बने।

त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका दुईवटा जहाज आवश्यक भिजिबिलिटी नहुँदा ‘डाइभर्ट’ भए। त्यसमध्ये एउटा आन्तरिक उडानअन्तर्गतको विमान थियो भने अर्को अन्तर्राष्ट्रिय उडान। आन्तरिक उडानतर्फ नेपालगन्जबाट काठमाडौं आएको श्री एअरलाइन्सको जहाज थियो, जसलाई डाइभर्ट गरी झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्न पठाइयो। उक्त जहाजमा चालकदलसहित ५२ यात्रु थिए।

अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२० न्यारोबडी’ जहाज थियो। मलेसियाको क्वालालम्पुरबाट १४७ जना यात्रु बोकेको उक्त जहाज बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएको थयो। तर आवश्यक भिजिबिलिटी नभएपछि उक्त जहाज भारतको कोलकाता डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनले भने, ‘बिहान काठमाडौंको भिजिलिबिटी १५ सय मिटरभन्दा कम थियो। त्यसैले त्यो जहाज बस्न नसकेकाले डाइभर्ट गर्नुपरेको हो।’

प्रकाशित : शनिबार, माघ ०७, २०७९०८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिकारीले दुईवटा गैंडाको लिए ज्यान, एउटाको खागसमेत झिकेर लगे !