मेस्सी, एम्बाप्पे, नेयमार सबैलाई पछि पार्दै रोनाल्डो बने म्यान अफ द म्याच !

काठमाडौँ – विश्वफुटबलको स्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ ।

पिएसजीको लागि लियोनल मेस्सी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो ।

कुल आठ खेलाडीले गोल गरेको खेलको म्यान अफ द म्याच रोनाल्डो घोषित भए। खेलमा दुई गोल गरेका उनले म्यान अफ द म्याच उपाधि जितेका हुन्। रोनाल्डोले पिएसजी विरुद्ध पहिलो हाफमै दुई गोल गरेका थिए।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काएका थिए। रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा आएको बललाई रोनाल्डोले पहिलो हाफको थप भएको छैठौं मिनेटमा गोल गरे।

प्रकाशित : शुक्रबार, माघ ०६, २०७९०७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौं महानगरले तीन महिनामै हटायो यति धेरै होर्डिङ बोर्ड !