आज दुई प्रदेशमा पानी पर्न सक्ने ? कहाँ-कहाँ ?

काठमाडौं, देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

प्रकाशित : बिहिबार, माघ ०५, २०७९०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खेलमैदानमा एक्कासि हेलिकप्टर ल्याण्ड भएपछि …