खेलमैदानमा एक्कासि हेलिकप्टर ल्याण्ड भएपछि …

पोखरा । फुटबल प्रतियोगिता चलिरहँदा वालिङमा बिहीबार एक्कासि प्रभूको हेलिकोप्टर ल्याण्ड गरिएको छ । बिनाजानकारी प्रभुको ९एन–एएलएक्स हेलिकोप्टर खेलमैदानमै अवतरणपछि आयोजक तथा दर्शक आक्रोशित बनेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

स्थानीय मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकप चलिरहेकोमा बिहीबार दोस्रो सेमिफाइनलमा वालिङ रातो र क्यामरुनी टोली एभिनियरबीच खेल भइरहेको थियो । तर पहिलो हाफको ३५ मिनेटतिर अर्थात् दिउँसो २ः२४ मा अचनाक हेली ल्यान्ड गरिएको हो ।

खेलमैदानमा हेलिकोप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले क्याप्टेन तथा यात्रुमाथि हातपात गरेका थिए । राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमति विना खेलमैदानमा विना सूचना, बिनाजानकारी हेलिकोप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन् ।

हेलिकोप्टर अवतरण गर्ने वरिपर ठाउँहरु हुँदाहुँदै पनि केही ब्यक्तिहरुको दवावमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको आयोजक वालिङ युनाइटेड फुटबल क्लब अध्यक्ष लालबहादुर ज्वारचनले बताए । केही व्यक्तिको दबाबमा खेलमैदानमा हेली अवतरण गराइएको हुनसक्ने ज्वारचनको दाबी छ ।

संवेदनशील विषयप्रति आयोजकले ध्यानाकर्षण गर्दै दोषी उपर छानविन तथा कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको उनले बताए । हेलिकोप्टरमा पाइलट र स्थानीय ३ जना यात्रु थिए । वालिङ–९ का ४ निवासी ती यात्रुले ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेका थिए ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले आफूहरुलाई यस’boutमा कुनै पनि जानकारी नदिइएको बताए । हेलिकोप्टरकै गल्ती भएकोले आवश्यक कारबाहीको माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयमा लेखी पठाएको प्रजिअ क्षत्रीले बताए । उक्त घटनामा आक्रोशित दर्शकले पाइलट तथा यात्रुमाथि जाइलागेपछि तत्काल स्थिति नियन्त्रणमा लिइएको उनी बताउँछन् ।

प्रकाशित : शुक्रबार, माघ ०६, २०७९०७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१७ वर्षीय अविनाशले बनाए ‘इ–स्कुटर’ !