नेपाली कांग्रेसको चम्किन सक्ने भयो भाग्य, प्रचण्डको प्रस्तावले एमाले तनावमा !

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र सभामुखलगायत संवैधानिक पदमा कांग्रेसलाई पनि समेट्नुपर्ने प्रस्ताव गरेका छन्। तर, सत्ता गठबन्धनको सहमति पालनामा आफू दृढ रहेको उनको भनाइ छ। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री दाहालले मंगलबार बसेको सर्वदलीय बैठकमा सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै अब के कसरी अगाडि बढ्न सकिएला भनेर सुझाव मागेका हुन्।

संवैधानिक पदको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्ने चासो उनले राखेका थिए। उनले आफू सत्ता साझेदार दलसँग गरिएको समझदारीमा दृढ रहेको बताएका थिए। त्यही समझदारीअनुसार नै मन्त्रिपरिषद्ले पूर्णता पाएको उनको भनाइ थियो।

दाहालले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेससँग पनि प्रस्ताव गरेका थिए। यो विषयमा छलफल गर्न कांग्रेस पनि तयार देखिएको छ।

प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि मिलेर जान प्रस्ताव गरेको कांग्रेस नेता एवं प्रमुख सचेतक रमेश लेखकले बताए। उनका अनुसार राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत बैठकमा छलफल भएको थियो। प्रधानमन्त्रीले यी पदमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए। ‘हामीले प्रमुख प्रतिपक्षी दलका रूपमा कायम रहने गरी यस विषयमा छलफल गरेर जान सकिन्छ भन्यौं’, कांग्रेस नेता लेखकले भने।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू रामचन्द्र पौडेल, रमेश लेखक, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरू ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए।

प्रकाशित : बुधबार, माघ ०४, २०७९०७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टेलिकमका टेलिफोन अवरुद्ध, यस्तो रहेछ कारण !