काठमाडौं : देशभर भोलि माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। यसैले यस दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ।
तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन्। वर्षभर ननुहाउने तराईवासीले यस दिन भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। यस दिन स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।
यस दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए। यस दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।
माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ। स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ। यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।
यससँगै खरमासको अन्त्य हुनुका साथै विवाहजस्ता शुभ कार्यमा लागेको प्रतिबन्ध पनि समाप्त हुनेछ। सूर्यको यो गोचर मीन, मकर, धनु, तुला, सिंह र मेष राशिका लागि भाग्यशाली रहनेछ। त्यस्तै वृष र कन्या राशिका जातकको खर्च बढ्नेछ। अब विस्तृतमा जान्नुहोस् कुन राशिका लागि सूर्य गोचर भाग्यशाली रहनेछ र कसका लागि सावधानी अपनाउनु पर्छ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सूर्यको यो गोचरसँगै तपाईको तलबवृद्दिका साथै पदोन्नति हुन् सक्छ। इन्जिनियरिङ र राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूले यस अवधिमा सकारात्मक नतिजा ल्याउनेछन्। व्यावसायिक जीवनमा पनि सुधार आउनेछ र फरक पहिचान बन्नेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सम्बन्धको मामिलामा तपाईले धेरै उथलपुथलबाट गुज्रनुपर्ने हुन सक्छ। माता-पितासँग विचार मेल खाँदैन्। दैनिक जीवनमा खर्च बढ्न सक्छ। उच्च शिक्षाका लागि विदेश जाने सोचमा हुनुहुन्छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो गोचरको कारण तपाईको कुनै भेद खुल्न सक्छ। शत्रुहरूबाट सावधान रहनुहोस्। कार्यस्थलमा कठिनाइ आउन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
औसत गतिमा करियर अगाडि बढ्ने छ। कार्यस्थलमा शत्रुहरू अचानक सक्रिय हुनेछन् र कडा टक्कर दिनेछन्। वरिष्ठ अधिकारी र सहकर्मीसँगको सम्बन्ध पनि राम्रो रहनेछैन। दाम्पत्य जीवनमा कठिनाईको सामना गर्नुपर्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
परिस्थिति तपाई अनुकूल रहनेछ। शत्रुको योजना सफल हुनेछैन। तपाईले पुरानो ऋणबाट मुक्ति पाउनुहुनेछ। सरकारी जागिरमा संलग्न व्यक्तिले मान-सम्मान पाउनेछन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
अनावश्यक खर्चमा रोक लगाउनुहोस्। छोराछोरीले विदेशमा पढ्ने मौका पाउन सक्छन्। आर्थिक दृष्टिकोणले यो अवधि तपाईको लागि औसत रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका लागि सूर्य गोचरको यो समय अनुकूल रहनेछ। परिवारसँग राम्रो समय बिताउन पाइनेछ। विभिन्न स्रोतबाट आम्दानी बढ्नेछ। बचतमा सफलता मिल्नेछ। घरका ठूलाबडाको सहयोगमा सम्पत्ति खरिद गर्ने अवसर मिल्न सक्छ। लगानी गर्नु अघि सल्लाह लिनुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यो समय तपाईको लागि राम्रो रहनेछ। छिमेकीबाहेक दाजुभाइसँगको सम्बन्धमा पनि सुधार आउनेछ। सञ्चारमा पनि सुधार हुनेछ। करियरमा थप मिहिनेत गर्नुहुनेछ, जसको उत्कृष्ट नतिजा पाउनुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यस अवधिमा तपाईले बुबाको सहयोग प्राप्त गर्नुहुनेछ। राजनीतिमा सक्रिय व्यक्तिहरूका लागि समय राम्रो रहनेछ। यस अवधिमा तपाईंले आर्थिक लाभ पनि प्राप्त गर्नुहुनेछ। धन आर्जनका धेरै अवसरहरू आउनेछन् र आम्दानीमा पनि वृद्धि हुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साथी वा बुवासँग मनमुटाव हुन सक्छ। यद्यपि करियरमा तपाईले एक अलग मुकाम हासिल गर्नुहुनेछ। अचानक प्रसिद्धि मिल्नेछ। सरकारी जागिर गर्नेहरूका लागि यो समय अनुकूल रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका व्यक्तिहरूको दाम्पत्य जीवनमा सूर्यको गोचरले कठिनाइ बढाउन सक्छ। व्यावसायिक जीवनमा चुनौतिको सामना गर्नु पर्नेछ। यद्यपि केही राम्रा अवसरहरू पनि तपाईको हातबाट जानेछन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यस अवधिमा तपाईले प्रत्याशित लाभ प्राप्त गर्नुहुनेछ। पदोन्नति पनि मिल्न सक्छ र करियरमा नयाँ मुकाम हासिल गर्नुहुनेछ। सामाजिक तथा आर्थिक लाभ पनि मिल्नेछ।