माघे संक्रान्तिअघि मोज नै मोज हुनेछ यी ४ राशिलाई, लक्ष्मीको आशीर्वादको हुनेछ धनवर्षा

ज्योतिषशास्त्रमा ग्रहहरूको गोचरलाई धेरै महत्त्वपूर्ण मानिन्छ र यसले सबै १२ राशिलाई असर पार्छ। यसको प्रभाव कतिपयमा राम्रो र कतिपयमा नराम्रो हुन्छ। पौष २७ गते बुधबार वृष राशिमा मङ्गल गोचर हुनेछ, जसले सबै राशिहरूलाई असर गर्नेछ। मङ्गल गोचरको प्रभाव केही राशिका लागि निकै राम्रो रहनेछ र उनीहरुमा लक्ष्मीको कृपाको वर्षा हुनेछ।

मंगल गोचरले उज्यालो हुनेछ यी ४ राशिको भाग्य

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मंगल गोचरबाट मेष राशिका मानिसहरूलाई धेरै फाइदा हुनेछ र काममा जोश बढ्नेछ। मेष राशिका व्यक्तिहरूले धन-सम्पत्ति प्राप्त गर्ने र परिवारका साथ कुनै पनि धार्मिक स्थलमा जाने सम्भावना रहेको छ। आफन्त तथा प्रियजनसँग रमाइलो भेटघाट पनि हुनसक्छ। यस बाहेक काममा स्थानान्तरणको सम्भावना पनि हुनसक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिमा मंगल गोचरको प्रभाव शुभ रहनेछ। परिवारमा शुभ कार्य हुने योग रहेको छ। मिथुन राशिका व्यक्तिहरुको व्यापार विस्तारको योजना साकार हुनेछ। उपहारस्वरूप केही बहुमूल्य वस्तुहरू पनि पाउन सकिन्छ। यस बाहेक आयात–निर्यातको व्यवसायमा आवद्ध व्यक्तिले लाभको अवसर प्राप्त गर्नेछन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका मानिसका लागि मंगल गोचरबाट लाभमा वृद्धि हुने सम्भावना छ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरूको सहयोग प्राप्त हुनसक्छ र आफ्नो मेहनतको उचित फल प्राप्त हुनेछ। यसका साथै कर्कट राशिका व्यक्तिहरूमा आत्मविश्वास भरिपूर्ण रहनेछ र पारिवारिक सुखसुविधामा विस्तार हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मंगल गोचरका कारण तुला राशिका लागि शुभ समय सुरु हुनेछ। तुला राशिका व्यक्तिहरूले धार्मिक कार्यमा भाग लिने तथा परिवारसँग रमणीय समय बिताउने अवसर मिल्नेछ। यसका साथै दाम्पत्य जीवनको सुख पनि प्राप्त हुनेछ।

प्रकाशित : शनिबार, पुष ३०, २०७९१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्तिबाट बन्नेछ त्रिग्रही योग : यी राशिको चम्किनेछ भाग्य, करियर-कारोबारमा छ सफलताको योग