भारतीय बलिउड क्षेत्रको चर्चित अभिनेत्री मलाइका आरोडा अहिले नेपाल आइपुगेकी छिन्।आज बिहान अभिनेत्री नेपाल आइपुगेकी हुन्। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनलाई काठमाडौँ- दरबारमार्गमा रहेको याक एन्ड यति होटेलमा गएकी। आजै यस होटेलमा हुने एक फेसन सोमा सहभागी हुनेछिन्।
अभिनेत्री मलाइका नेपाल रत्न तथा आभूषण संघले आयोजन गर्न लागेको फेसन शोमा कार्यक्रममा सहभागी हुन् नेपाल आएकी हुन्। अभिनेत्री आज बेलुकी शो स्ट:परको रूपमा फेसन शोमा सहभागी हुनेछिन्। अभिनेत्रीले नेपाली मिडियासँग कुरा गर्दै नेपाल आउन पाउँदा निकै खुसी लागेको बताएकी छिन्।
अभिनेत्री पहिलो पटक नेपाल आएको भने हैन। यस भन्दा पहिले पनि अभिनेत्री नेपाल आइएकी थिइन्। जानकारी अनुसार यस पटक अभिनेत्रीको केही दिन मात्र नेपाल बस्ने छिन्। नेपाल बसाइको समयमा नेपाली संस्कृति, कला, फिल्मको बारेमा बुझ्ने अभिनेत्रीको भनाई छ।